२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण,सम्पर्कमा आउन सूचना जारी

२०८२, १ जेष्ठ बुधबार १६:३४

काठमाडौँ । प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भएका तर पीपीए हुन बाँकी जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्रि सम्झौताका प्राधिकरणले सम्पर्क गर्न आउन सूचना जारी गरेको छ । यसअघि हितमान शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि नेपाल विद्युत् प्राधिकरण संचालक समितिको १२ चैत २०८१ को बैठकले नेपाल सरकारबाट १६ पुस २०८१ मा स्वीकृत ऊर्जा विकास मार्गचित्रको लक्ष्यअनुरुप उत्पादन क्षमता पुर्‍याउनका लागि पीपीए खुला गर्ने निर्णय गरेको थियो ।

सो मार्गचित्रले सन् २०३५ सम्म नेपालको कूल विद्युत् जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ । ‘सो लक्ष्य प्राप्तिका लागि हाललाई १२ चैत २०८१ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाट भन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत् आयोजनाहरूको ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार विद्युत् खरिद बिक्रि सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ,’ प्राधिकरणले जनाएको छ ।

त्यसरी ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरूसँग क्रमैसँग विद्युत् खरिद बिक्रि सम्झौताको कारबाही अगाडी बढाउने निर्णय विद्युत् प्राधिकरण व्यवस्थापनले ३० वैशाखमा गरेको पनि प्राधिकरणले जनाएको छ । पीपीएको पाइपलाइनमा रहेका ५४ आयोजनाहरूलाई ३० दिनभित्र दिनभित्र अध्यावधिक विवरण तथा कागजातहरू सहितको निवेदन साथ विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागमा सम्पर्क गर्न पनि प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

प्राधिकरणले यसअघि पीपीए खोल्न आनाकानी गर्दै आएको थियो । राजेन्द्र लिङ्देन ऊर्जामन्त्री भएका बेलामा प्राधिकरणले ०७९ सालमा १५ मेगावाट आयोजनाको पीपीए खोलेको थियो । त्यसपछि २०८० सालमा १० मेगावाटसम्मका आयोजनासम्मका आयोजनाको पीपीए खोलेको थियो । भारतसँग १० हजार मेगावाट विद्युत निर्यातको सम्झौता भएको अवस्थामा उत्पादन क्षमता बढाउन पनि पीपीए खोल्नुपर्ने निजी क्षेत्रले माग गर्दै आएको थियो । प्राधिकरणमा शाक्य नियुक्त भएपछिको पहिलो बोर्ड बैठकले पीपीए खुला गर्ने निर्णय गरेको थियो ।

संचालनमा रहेका र वित्तिय व्यवस्था भई निर्माणाधीन प्रसारण लाईन तथा सवस्टेशनहरू (अनुमानित निर्माण सम्पन्न हुने मिति समेत मध्यनजर गरी निर्वाध रुपमा विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउने प्राधिकरणको सूचनामा छ । त्यस्तै, एन–१ कन्टिन्जेन्सीको अवस्थामा सञ्चालनमा रहेका प्रसारण लाइन तथा सबस्टेशनहरूमार्फत् विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाहरूलाई समेत उक्त शर्त सम्झौतामा समावेश हुनेगरी पहिलो प्राथमिकतामा राखी पीपीएको कारबाही अघि बढाउने सूचना प्राधिकरणले जनाएको छ ।

२०८०/८१ सम्ममा नेपाल विद्युत प्राधिकरणले जम्मा १० हजार ३०१ मेगावाट जडित क्षमताका विद्युत आयोजनाहरूको लागि विद्युत खरिद बिक्रि सम्झौता गरेको छ । यी मध्ये २४०६ मेगावाट क्षमताका आयोजनाहरूबाट व्यापारिक उत्पादन भइसकेको, ३९०६ मेगावाट क्षमताका आयोजनाहरू वित्तीय व्यवस्थापन भई निर्माणाधीन अवस्थामा रहेको तथा ३८९९ मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद विक्री सम्झौता भई वित्तीय व्यवस्थापन हुन बाँकी रहेको अवस्थामा छन् । यसमा सौर्य र सह–उत्पादनमा आधारित आयोजनाको क्षमता क्रमशः १०७ मेगावाट र ६ मेगावाट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ