२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक वर्ष २०८१/८२मा अहिलेसम्म विकास खर्च ३४ प्रतिशतमात्र,जुन असारे विकासका नाममा बदनाम

२ जेष्ठ २०८२, बिहीबार १३:३७

कमजोर विकास खर्चको सिलसिला चालु आर्थिक वर्ष २०८१/८२ मा समेत दोहोरिएको छ ।

चालु आव १० महिना (साउन–वैशाख) सम्म सरकारले लक्ष्यको ३४.१६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । अब आव सकिन २ महिनामात्र बाँकी छ ।
यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर पूँजीगत बजेट विनियोजन गरेको छ । जसमध्ये वैशाख मसान्तसम्म १ खर्ब २० अर्ब रुपैयाँ खर्च गर्न सकेको छ । सरकारले गत आव यसै अवधिमा लक्ष्यको ३७ प्रतिशत विकास बजेट खर्च गरेको थियो । सरकारले जेठ र असार लागेसँगै विकासका गतिविधि र खर्चको गति बढाउँछ । जुन असारे विकासका नाममा बदनाम छ ।

आवको बाँकी दुई महिनामा लक्ष्य अनुसार विकास बजेट खर्च गर्ने हो भने अब २ खर्ब ३१ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ । जुन मासिक १ खर्ब १५ अर्ब ९८ करोड ८८ लाख र दैनिक ३ अर्ब ८६ करोडका दरले खर्च गर्नुपर्छ । अहिले दैनिक ४० करोडका दरले मात्र विकास खर्च भएको तथ्यांक छ । उता, चालु खर्च भने लक्ष्यको ६७.७९ प्रतिशत पुगिसकेको छ । यस वर्ष ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालु बजेट विनियोजन भएको छ । १० महिनासम्म ७ खर्ब ७३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ चालु बजेट खर्च भइसकेको छ । जुन लक्ष्यको ६७.७९ प्रतिशत हो ।

चालु, पूँजीगत र वित्तीय व्यवस्थासहित कुल बजेट खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड २५ लाख पुगेको छ । जुन यस वर्ष विनियोजनको तुलनामा ६२.२४ प्रतिशतमात्र हो ।यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । वित्तीय व्यवस्थातर्फ १० महिनामा २ खर्ब ६४ अर्ब २८ करोड खर्च भइसकेको छ । जुन लक्ष्यको ७१.९६ प्रतिशत हो । यस वर्ष पूँजीगत खर्चभन्दा वित्तीय व्यवस्थामा बढी बजेट विनियोजन भएको छ । जुन ऋणको साँवा–ब्याज भुक्तानी तथा सेयर लगानीमा खर्च हुन्छ ।

राजस्व लक्ष्यभन्दा धेरै टाढा

उता, राजस्व संकलन भने यस वर्ष लक्ष्यभन्दा निकै टाढा देखिन्छ । १० महिनामा लक्ष्यको ६४.९९ प्रतिशत राजस्व उठेको छ । १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ९ खर्ब २२ अर्ब ४३ करोड १९ लाख संकलन भएको छ । कर राजस्व लक्ष्यको ६४.५५ र गैरकर राजस्व ६९.२ प्रतिशत उठेको छ । वैदेशिक अनुदान वैशाखसम्म लक्ष्यको २४.२६ प्रतिशत अर्थात् १२ अर्ब ६९ करोड रुपैयाँमात्र उठेको छ । यस वर्षको लक्ष्य ५२ अर्ब ३२ करोड रुपैयाँको हो ।

आम्दानी र खर्चबीच २ खर्बभन्दा ठूलो खाडल

अन्य आम्दानी, राजस्व र वैदेशिक अनुदानबाट कुल ९ खर्ब ४६ अर्ब ३३ करोड ४३ लाख आम्दानी भएको छ । उता, सरकारको खर्च भने ११ खर्ब ५७ अर्ब ८९ करोड पुगेको छ । यस प्रकार सरकारको आम्दानी र खर्चबीच २ खर्ब ११ अर्ब ५५ करोड बराबर खाडल छ । यसलाई परिपूर्ति गर्न सरकारले ऋण काढ्नुपर्ने अवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला