२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिजुलीको यो ‘लुकामारी’ यस्तै चलिरह्यो भने जनताले सरकारको ‘बत्ती निभाइदिने’ दिन पनि धेरै टाढा छैन: रास्वपा सांसद साह

३ जेष्ठ २०८२, शुक्रबार १२:२४

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले देशभर बेलाबेला भइरहने बत्ती जानु ‘नयाँ दैनिकी’ नै बनेको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारमाथि व्यङ्ग्य गर्दै भने सरकार आफैँ पनि डार्क मोडमा अपरेट भइरहेको छ र बत्ती झ्याप्प झ्याप्प निभाएर पूरा देशलाई पनि डार्क मोडमा पुर्याइरहेको टिप्पणी गरे। उनले संसदमा त इन्भर्टर, जेनेरेटरजस्ता सुविधा भएर काम नरोकिए पनि आम नागरिकको घरमा यस्तो विशेष सुविधा नहुने भन्दै प्रश्न गरे।

बत्ती जाँदा नागरिकको दैनिकी कष्टकर बनेको भन्दै उनले खाना पकाउँदा आधामै रोकिने, मोबाइल चार्ज नहुने, व्यापार व्यवसाय ठप्प हुने र जताततै अन्धकार हुनेजस्ता समस्या औँल्याए। उनले थपे, ‘हिजो साँझ मात्र देशका धेरै ठाउँमा एक्कासी बत्ती गयो। कसैको अस्पतालमा अपरेसन रोकियो होला, कसैको परीक्षा तयारी बिग्रियो होला।’

उनले पहिले हावाहुरी वा पानी पर्दा बत्ती जाने गरे पनि अहिले कारण विना नै झ्याप्पझुप बत्ती जाने गरेको गुनासो गरे। बेलाबेला हुने बत्ती कटौती अब नयाँ दैनिकी नै बनिसकेको उनको भनाइ थियो। उनले यस्तो अवस्थामा धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि नेपाल विद्युत प्राधिकरणका नयाँ कार्यकारी निर्देशकलाई दिने भन्ने स्पष्ट पार्न कटाक्ष समेत गरेका थिए। उनले यदि बिजुलीको यो ‘लुकामारी’ यस्तै चलिरह्यो भने जनताले सरकारको ‘बत्ती निभाइदिने’ दिन पनि धेरै टाढा नभएको चेतावनी दिए।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन