२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारण प्रहरीको खोरमा रहनु पर्ने :अध्यक्ष लिङ्देन

२०८२, ३ जेष्ठ शुक्रबार १३:०४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू धर्म मान्छु, संघीयता खारेजी हुनुपर्छ भन्दा सरकारले प्रताडित बनाएको बताएका छन्।प्रतिनिधि सभाको बैठकमा शुक्रबार बोल्दै उनले सरकारले विद्रोहमा जाऊ, जंगल पस भन्नुपर्ने पनि बताएका छन्।

‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर उल्लंघन गरिराखेको छ। करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई विचारकै कारणले राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ। आज फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ। आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लैजाने हो भने म प्रधानमन्त्री र गृहमनत्री र सिंगो सरकारलाई सभामुख महोदयमार्फत् भन्न चाहन्छु, यसरी निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं,’ उनले भने।

राजा, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ, प्रदेशको खारेजी हुनुपर्छ, देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार हुनुहुन्न, भ्रष्टाचारीहरूलाई दण्डित हुनुपर्छ भन्नेहरूले यस प्रकारको प्रताडित हुनुपर्ने हो भने सरकारले विद्रोहमा जाऊ भन्नुपर्ने उनले बताए।

‘सरकाले भन्नुपर्‍यो विद्रोहमा जाऊ भनेर, जंगल पस भनेर भन्नुपर्‍यो। यो अत्यन्त दुःखद्, मानव अधिकारविरूद्ध, प्रजातान्त्रिक हक अधिकारविरूद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरूद्ध सरकारको तर्फबाट क्रियाकलाप भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति