२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारण प्रहरीको खोरमा रहनु पर्ने :अध्यक्ष लिङ्देन

३ जेष्ठ २०८२, शुक्रबार १३:०४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू धर्म मान्छु, संघीयता खारेजी हुनुपर्छ भन्दा सरकारले प्रताडित बनाएको बताएका छन्।प्रतिनिधि सभाको बैठकमा शुक्रबार बोल्दै उनले सरकारले विद्रोहमा जाऊ, जंगल पस भन्नुपर्ने पनि बताएका छन्।

‘सरकारले नेपालको संविधानको धारा १७, २७०, २७४ को निरन्तर उल्लंघन गरिराखेको छ। करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई विचारकै कारणले राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ। आज फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरेको समाचार आएको छ। आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बहानामा पक्राउ गर्दै लैजाने हो भने म प्रधानमन्त्री र गृहमनत्री र सिंगो सरकारलाई सभामुख महोदयमार्फत् भन्न चाहन्छु, यसरी निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं,’ उनले भने।

राजा, हिन्दू राष्ट्र मान्छु, संघीयता मान्दिनँ, प्रदेशको खारेजी हुनुपर्छ, देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार हुनुहुन्न, भ्रष्टाचारीहरूलाई दण्डित हुनुपर्छ भन्नेहरूले यस प्रकारको प्रताडित हुनुपर्ने हो भने सरकारले विद्रोहमा जाऊ भन्नुपर्ने उनले बताए।

‘सरकाले भन्नुपर्‍यो विद्रोहमा जाऊ भनेर, जंगल पस भनेर भन्नुपर्‍यो। यो अत्यन्त दुःखद्, मानव अधिकारविरूद्ध, प्रजातान्त्रिक हक अधिकारविरूद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरूद्ध सरकारको तर्फबाट क्रियाकलाप भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने