२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग

२०८२, ३ जेष्ठ शुक्रबार १५:३६

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषिलगायत जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद अम्मरबहादुर थापाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षकका मागमा सम्झौता गरिन्छ, तर कार्यान्वयन नहुँदा बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधार गर्न र राष्ट्रको ढुकुटी बलियो बनाउन के गर्न सकिन्छ भन्नेबारे गम्भीर सोच आवश्यक छ ।”

सांसद अब्दुल खाँनले महिला तथा बालबालिकाको पोषणमा ध्यान दिनुपर्ने, उत्पादनको मूल्य निर्धारण गर्नुपर्ने र अस्पतालहरूको सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

सांसद दीपक कार्कीले सरकारले विकासका लक्ष्यप्राप्त गर्न इच्छाशक्ति र इमान्दारिताको अभाव देखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “झन्झटिलो कार्यविधिका कारण लक्ष्य हासिल गर्न कठिन भएको छ । तीन तहका सरकारबीच दोहोरोपन हटाएर, सही किसानलाई अनुदान सुनिश्चित गरिनुपर्छ । नियमन र नियन्त्रण कडा हुन आवश्यक छ ।”

सांसद सर्वेन्द्रनाथ शुक्लाले शिक्षाको गुणस्तर सुधार गरी विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिने धारणा राख्नुभयो । उहाँले युवालाई देशमै अध्ययन गर्ने वातावरण बनाउनसके विद्यार्थी पलायन रोक्न सकिने पनि बताउनुभयो ।

सांसद प्रेम सुवालले मौलाउँदै गएको भ्रष्टाचारले सुशासन कायम हुन नसकेको भन्दै बेरुजु छानबिन स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने माग राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी