2026-09-14 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कुँवरले राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको छ । राष्ट्रको लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको छ । पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्व सांसद गोविन्दनाथ उप्रेती लामो समयदेखि सिकिस्त बिरामी भई अस्पतालमा हुनुहुन्छ । उहाँको उपचारका लागि सरकारसँग माग गर्दछु ।

वर्षायामसँगै हावाहुरीबाट देशभर विभिन्न ठाउँमा घटनाहरू घटेका छन् । हावाहुरीकै कारण कैलालीमा एक जनाको मृत्यु भएको छ । वर्षासँगै हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ