काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कुँवरले राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको छ । राष्ट्रको लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको छ । पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्व सांसद गोविन्दनाथ उप्रेती लामो समयदेखि सिकिस्त बिरामी भई अस्पतालमा हुनुहुन्छ । उहाँको उपचारका लागि सरकारसँग माग गर्दछु ।
वर्षायामसँगै हावाहुरीबाट देशभर विभिन्न ठाउँमा घटनाहरू घटेका छन् । हावाहुरीकै कारण कैलालीमा एक जनाको मृत्यु भएको छ । वर्षासँगै हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’