काठमाडौँ | वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी चीनमा हुने बाँससम्बन्धी सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
चीन सरकारको विशेष निमन्त्रणामा बेइजिङमा आयोजना हुने इन्टरनेसनल नेटवर्क फर ब्याम्बो एण्ड र्याटन काउन्सिलको १३ औँ सत्रको अध्यक्षता गर्न उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उक्त सम्मेलनमा सहभागी भइ मन्त्री शाही यही जेठ १० गते स्वदेश फर्कनुहुनेछ ।