८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

७ जेष्ठ २०८२, मंगलवार १६:५७

काठमाडौँ | सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब ४९ प्रतिशतले बढेको छ ।

“सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या सन् २०२३ मा छ हजार २५५ रहेकोमा सन् २०२४ मा सो सङ्ख्या करिब ४९ प्रतिशतले वृद्धि भई नौ हजार ३०४ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।

गत वर्ष राष्ट्र बैंकमा प्राप्त प्रतिवेदनमध्ये सन् २०२४ मा जम्मा एक हजार ८९४ प्रतिवेदन विश्लेषण गरिएको जनाइएको छ । सोमध्ये एक हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि पठाइएको राष्ट्र बैंकले जनाएको छ । यसरी पठाइएका प्रतिवेदनमध्ये ८०८ वटा प्रतिवेदनमध्ये भविष्यमा थप जानकारी प्राप्त भएमा राष्ट्र बैंकले पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको पनि राष्ट्र बैंकले उल्लेख गरको छ ।

त्यस्तै, सूचक संस्थाहरूले राष्ट्र बैंकमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकामा गत वर्ष अर्थात् सन् २०२४ मा सो सङ्ख्या १९ लाख ७२ हजार ८५५ पुगेको जनाइएको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरुको सङ्ख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । “सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संङ्या सन् २०२३ को अन्त्यमा एक हजार ४९६ रहेकामा सन् २०२४ को अन्त्यमा एक हजार ९०५ पुगेको छ”, राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र