2026-10-07 08:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने धारणा राख्नुभएको छ ।

बैठकको विशेष समयमा सांसद नारायणदत्त मिश्रले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने उल्लेख गर्दै गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पञ्चायतकाल र राणाकालमा भएका ज्यादतीबारे अहिलेका युवापुस्तालाई थाहा हुनुपर्छ, लोकतन्त्र प्राप्तिको निम्ति राजनीतिक दलले गरेका सङ्र्घषको बारेमा पनि नयाँ पुस्तालाई जानकारी हुनुपर्छ ।”

सांसद नरबहादुर विष्टले स्वास्थ्य परीक्षणको निम्ति ज्येष्ठ नागरिक घण्टौँसम्म लाइन बस्नुपरेको उल्लेख गर्दै स्वास्थ्योचारको निम्ति अनलाइनबाट टिकट लिन सकिने व्यवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।

“सिभिल अस्पतालसहित देशैभरिका सङ्घीय मातहतमा रहेका अस्पतालमा ज्येष्ठ नागरिकको निम्ति छुट्टै व्यवस्था हुनुपर्छ, स्वास्थ्य क्षेत्रलाई व्यापारको रूपमा भन्दा पनि सेवाको रूपमा विकास गर्नुपर्छ ।” जनतालाई सर्वसुलभ न्याय सेवा दिनुपर्ने उहाँको भनाइ छ । सांसद विष्टले राजनीतिक दल वा नेताको पहुँचको आधारमा भन्दा पनि देश र जनताको आवश्यकताको आधारमा सरकारले बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो ।

सांसद जयन्तीदेवी राईले भन्नुभयो, “नेपाली सेनाले जागिर गरेको १६ वर्ष पुगिसकेपछि उनीहरूलाई पेन्सनको व्यवस्था हुन्छ, तर सेवा निवृत्त भएको चार वर्ष पछि मात्रै पेन्सन पाउने विषय न्यायपूर्ण छैन ।” उहाँले गत वैशाख ३१ गते हुम्ला जिल्लामा भएको बाढीपहिरोका कारण भएको क्षतिको तथ्याङ्क लिएर पीडितलाई क्षतिपूर्तिको माग गर्नुभयो ।

सांसद राईले पछिल्लो समय युवाको विदेश पलायन बढ्दै गएको उल्लेख गर्दै युवा जनशक्तिलाई देशभित्रै राख्नका लागि शिक्षा प्रणालीमा सुधार गर्दै उद्योग र कलकारखाना खोली रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए