२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालको निर्यातमा ऐतिहासिक रेकर्ड ,१० महिनामा २ खर्ब १७ अर्ब पुग्यो

८ जेष्ठ २०८२, बुधबार १६:४५

काठमाडौँ । नेपालको निर्यातले ऐतिहासिक रेकर्ड पार गरेको छ।

हालसम्म वर्षभरिमा आर्थिक वर्ष २०७८/७९ मा पहिलोपटक २ खर्बको निर्यात भएको थियो। चालू आर्थिक वर्षको १० महिनामा भएको निर्यातले त्यसलाई उछिनेको हो। चालू आवको १० महिनामा निर्यात बढेर २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको हो।

गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब रुपैयाँको निर्यात भएकोमा अहिले ७२.७१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०/०८१ भरिमा १ खर्ब ५२ अर्बको निर्यात भएको थियो भने ०७९/०८० मा १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको थियो।

निर्यातमा सबैभन्दा बढी योगदान भटमास तेल, सोयाविन तेल, पाम आयल लगायत मात्रै ९१ अर्ब ३९ करोडको निर्यात भएको छ। निर्यात हुने वस्तुमा १ अर्ब १६ करोडको चिया तथा कफी छ। त्यसैगरी तयारी पोसाक तथा कपडाजन्य वस्तु २३ अर्ब ६६ करोड रुपैयाँको छ। यसबाहेक १० अर्ब १२ करोडको कार्पेटजन्य वस्तु निर्यात भएको छ।

चालू आर्थिक वर्षमा आयात समेत १३.११ प्रतिशतले बढेको छ। वैशाखसम्म १४ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको हो। योसँगै कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…