२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको कटाक्ष :”बुद्धि नभएको डाक्टर भनेर चिन्छन् भट्टराईलाई “

९ जेष्ठ २०८२, बिहीबार ११:३६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कटाक्ष गरेका छन्। बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भट्टराईलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भनेर आलोचना गरेका हुन्। पार्टी एकता सम्भावनाबारे पत्रकारले राखेको प्रश्नमा प्रचण्डले भने, “सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?”

उनले अघिल्लो निर्वाचनमा गोरखाबाट चुनाव लड्नुको कारण पार्टी एकताको योजना भएको तर भट्टराईको विचार परिवर्तनका कारण एकता सम्भव नभएको बताए। “गोरखाबाट लड्दा नारायणकाजी कमरेड, म, बाबुराम लगायतले पार्टी एउटै बनाउने भनिएको थियो। तर उहाँले कम्युनिस्टको नाम सुन्न पनि चाहनुभएन,” उनले उल्लेख गरे। प्रचण्डले भट्टराईलाई कम्युनिस्ट मूल्य र विचारधाराबाट टाढिँदै प्रतिक्रियावादी धारमा लागेको आरोप लगाए। “मार्क्सवाद नभन्ने, कम्युनिस्ट पार्टी नभन्ने, अब त पूरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि,” उनले भने।

उनले भट्टराईसँग रहेका धेरै नेता तथा कार्यकर्ता भ्रममा परेर गएको तर अहिले माओवादी केन्द्र फर्किन थालेको दाबी पनि गरे। “गंगानारायण श्रेष्ठलगायत धेरैजना फर्किँदै हुनुहुन्छ। यो पनि त एकता हो। तर बाबुरामलाई ल्याउन दिमाग चाहिन्छ,” प्रचण्डले भने। प्रचण्डको यस्ता कटाक्षपूर्ण टिप्पणीले माओवादी केन्द्र र समाजवादी पार्टीबीचको दूरी अझै गहिरिएको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव