३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यमन्त्री पौडेल स्वदेश फिर्ता

९ जेष्ठ २०८२, बिहीबार १२:३४

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वदेश फर्किएका छन् । स्विजरल्यान्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार उनी स्वदेश फर्किएका हुन् ।स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलन आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरुका बीचमा छलफल केन्द्रित भएको बताए ।

उनले लगानी प्राप्त हुने स्थिती घटेकोले त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर सम्बन्धित राष्ट्रहरुलाई त्यहि ढंगबाट लगानी गर्नका निम्ती आधिकारिक रुपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको समेत बताए । उनले भने, ‘आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरुका बीचमा छलफल केन्द्रित थियो । खासगरी विगतमा जुन ढंगबाट लगानी प्राप्त हुने स्थिती हो त्यो घटेको स्थिती छ । त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर जुन लगानी हुँदै आएको थियो ति सम्बन्धित राष्ट्रहरुलाई त्यहि ढंगबाट लगानी गर्नका निम्ती आधिकारिक रुपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको छ ।’

साथै उनले अहिले डब्लुएचओले जुन देश महामारीबाट बढि प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारीक रुपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव पास गरेको समेत बताए । उनले यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रुपमा डब्लुएचओले सहयोग प्रदान गर्नेे एउटा उपलब्धि भएको बताए ।

उनले भने, ‘विभिन्न पक्षका छलफलहरु निरन्तर जारी रहिरहेको अवस्था छ । लगानी जुटाउने, व्यवस्थित ढंगबाट आर्थिक पक्षमा मजबुत हुने, सदस्य राष्ट्रहरुबाट नै थप लगानीका निम्ती कोशिस गर्ने कामहरु भैइरहेका छन् । खासगरी अहिले डब्लुएचओले महामारी भएको अवस्थामा जुन देश महामारीबाट बढि प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारीक रुपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव डब्लुएचओले पास गरेको छ ।

त्यसबाट हाम्रा जस्ता विपन्न राष्ट्रहरुलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । अरु बेला यस्तो अवस्था बनेको थिएन यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रुपमा डब्लुएचओले सहयोग प्रदान गर्ने यो एउटा उपलब्धि हो ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट