२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वदेश फर्किए

२०८२, ९ जेष्ठ बिहीबार १२:४३

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वदेश फर्किएका छन् । स्विजरल्यान्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार उनी स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलन आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरुका बीचमा छलफल केन्द्रित भएको बताए । उनले लगानी प्राप्त हुने स्थिती घटेकोले त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर सम्बन्धित राष्ट्रहरुलाई त्यहि ढंगबाट लगानी गर्नका निम्ती आधिकारिक रुपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको समेत बताए । उनले भने, ‘आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरुका बीचमा छलफल केन्द्रित थियो ।

खासगरी विगतमा जुन ढंगबाट लगानी प्राप्त हुने स्थिती हो त्यो घटेको स्थिती छ । त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर जुन लगानी हुँदै आएको थियो ति सम्बन्धित राष्ट्रहरुलाई त्यहि ढंगबाट लगानी गर्नका निम्ती आधिकारिक रुपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको छ ।’

साथै उनले अहिले डब्लुएचओले जुन देश महामारीबाट बढि प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारीक रुपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव पास गरेको समेत बताए । उनले यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रुपमा डब्लुएचओले सहयोग प्रदान गर्नेे एउटा उपलब्धि भएको बताए । उनले भने, ‘विभिन्न पक्षका छलफलहरु निरन्तर जारी रहिरहेको अवस्था छ । लगानी जुटाउने, व्यवस्थित ढंगबाट आर्थिक पक्षमा मजबुत हुने, सदस्य राष्ट्रहरुबाट नै थप लगानीका निम्ती कोशिस गर्ने कामहरु भैइरहेका छन् । खासगरी अहिले डब्लुएचओले महामारी भएको अवस्थामा जुन देश महामारीबाट बढि प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारीक रुपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव डब्लुएचओले पास गरेको छ ।

त्यसबाट हाम्रा जस्ता विपन्न राष्ट्रहरुलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । अरु बेला यस्तो अवस्था बनेको थिएन यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रुपमा डब्लुएचओले सहयोग प्रदान गर्ने यो एउटा उपलब्धि हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला