३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वदेश फर्किए

९ जेष्ठ २०८२, बिहीबार १२:४३

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वदेश फर्किएका छन् । स्विजरल्यान्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार उनी स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलन आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरुका बीचमा छलफल केन्द्रित भएको बताए । उनले लगानी प्राप्त हुने स्थिती घटेकोले त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर सम्बन्धित राष्ट्रहरुलाई त्यहि ढंगबाट लगानी गर्नका निम्ती आधिकारिक रुपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको समेत बताए । उनले भने, ‘आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरुका बीचमा छलफल केन्द्रित थियो ।

खासगरी विगतमा जुन ढंगबाट लगानी प्राप्त हुने स्थिती हो त्यो घटेको स्थिती छ । त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर जुन लगानी हुँदै आएको थियो ति सम्बन्धित राष्ट्रहरुलाई त्यहि ढंगबाट लगानी गर्नका निम्ती आधिकारिक रुपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको छ ।’

साथै उनले अहिले डब्लुएचओले जुन देश महामारीबाट बढि प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारीक रुपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव पास गरेको समेत बताए । उनले यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रुपमा डब्लुएचओले सहयोग प्रदान गर्नेे एउटा उपलब्धि भएको बताए । उनले भने, ‘विभिन्न पक्षका छलफलहरु निरन्तर जारी रहिरहेको अवस्था छ । लगानी जुटाउने, व्यवस्थित ढंगबाट आर्थिक पक्षमा मजबुत हुने, सदस्य राष्ट्रहरुबाट नै थप लगानीका निम्ती कोशिस गर्ने कामहरु भैइरहेका छन् । खासगरी अहिले डब्लुएचओले महामारी भएको अवस्थामा जुन देश महामारीबाट बढि प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारीक रुपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव डब्लुएचओले पास गरेको छ ।

त्यसबाट हाम्रा जस्ता विपन्न राष्ट्रहरुलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । अरु बेला यस्तो अवस्था बनेको थिएन यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रुपमा डब्लुएचओले सहयोग प्रदान गर्ने यो एउटा उपलब्धि हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’