२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चमा रविका कानुन व्यवसायीले भने: अनुसन्धानन नै नगरी रविमाथि मुद्दा चलाइयो

९ जेष्ठ २०८२, बिहीबार १६:२३

काठमाडौँ । रवि लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले अनुसन्धान नै नगरी रविमाथि मुद्दा चलाइएको बताएका छन्।

आफूलाई थुनामुक्त गर्न माग गर्दै रविले दायर गरेको निवेदनमा बहस गर्दै बिहीबार श्रेष्ठले यसअघि महान्यायाधीवक्ताको कार्यालयले नै लामिछानेमाथि कुनै अनुसन्धान नभएको र उजुरी पनि नपरेको भनि पत्र नै दिएको स्मरण गराएका हुन्।

‘महान्यायाधिवक्ताको कार्यालय भन्छ अनुसन्धान नै गरिएको छैन। अनुसन्धान नै नगरी थप वा पुरक अभियोजनका लागि सरकारी वकिलले निर्देशन दिनुपर्नेमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयनको नाममा प्रहरी स्वयम्‌ सक्रिय भयो। राज्यको बद्‌नियत यहाँ देखिन्छ’ बिहीबार बहसमा श्रेष्ठले भने। यस्तै संसदीय विशेष समितिको प्रतिवेदने मुख्य योजनाकार र जिम्मेवार जीबी राईलाई देखाए पनि उनलाई हालसम्म पनि पक्राउ नगरिएको तर रविलाई भने बद्‌नियतपूर्ण रुपमा थुनामा राखिएको श्रेष्ठले दाबी गरे।

‘संसदीय विशेष समितिको प्रतिवेदने मुख्य योजनाकार जिम्मेवार जीबी राईलाई देखाएको छ। अनि मुद्दा चाहिँ रविलाई?’ इजलासमा श्रेष्ठले सोधे। उनले थपे, ‘प्रतिवेदन भन्छ पैसा लैजान रविको कुनै भूमिका छैन, खर्चको हकमा एउटा संस्थाको सञ्चालक हुँदा त्यो पनि अध्यक्षले ल्याएको पैसा चेक काटेको हो। २ पटकगरी एक करोड ८१ लाख रुपैयाँको चेक गोरखा मिडियाको नाममा काटिएको छ। तर, उच्च अदालतको थुनछेक आदेशमा रविकै योजना, जानकारी र सक्रियतामा यो सब भनिएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव