२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा सरकारले भ्याट लगाउँदा हवाई टिकटको भाडादर महँगो भयो: अध्यक्ष ढकाल

२०८२, १० जेष्ठ शुक्रबार १२:२८

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आयोजनामा काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टको उद्घाटन समारोहमा उनले नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न सहयोग गर्ने उनको विश्वास छ । अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालका लागि ब्रान्डको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले बौद्ध पर्यटन प्रवर्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थल तथा भारतमा रहेका तीर्थस्थलसँग जोडेर बौद्ध सर्किट विकास गर्नुपर्ने बताए । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्ने सन्देश दिनुपर्ने बताए । सोहीअनुरूप पर्यटक आगमन बढाउन सके नेपालको पर्यटनको सबै आयाम परिवर्तन गर्न सकिने उनको धारणा छ ।

उनले नेपालको हवाई भाडा महँगो रहेको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो भएको बताए । यसमा समीक्षा गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष ढकालले नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै सरकार र निजी क्षेत्रले मिलेर लाभ उठाउन सक्ने उल्लेख गरे । उनले विदेशी लगानीकर्तालाई पनि नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले लगानी गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले