२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा सरकारले भ्याट लगाउँदा हवाई टिकटको भाडादर महँगो भयो: अध्यक्ष ढकाल

१० जेष्ठ २०८२, शुक्रबार १२:२८

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आयोजनामा काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टको उद्घाटन समारोहमा उनले नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न सहयोग गर्ने उनको विश्वास छ । अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालका लागि ब्रान्डको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले बौद्ध पर्यटन प्रवर्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थल तथा भारतमा रहेका तीर्थस्थलसँग जोडेर बौद्ध सर्किट विकास गर्नुपर्ने बताए । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्ने सन्देश दिनुपर्ने बताए । सोहीअनुरूप पर्यटक आगमन बढाउन सके नेपालको पर्यटनको सबै आयाम परिवर्तन गर्न सकिने उनको धारणा छ ।

उनले नेपालको हवाई भाडा महँगो रहेको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो भएको बताए । यसमा समीक्षा गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष ढकालले नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै सरकार र निजी क्षेत्रले मिलेर लाभ उठाउन सक्ने उल्लेख गरे । उनले विदेशी लगानीकर्तालाई पनि नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले लगानी गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव