३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक–कर्मचारीका माग सम्बोधनका विषयमा विधेयक स्पष्ट हुनुपर्ने : पूर्वशिक्षामन्त्री भट्टराई

१० जेष्ठ २०८२, शुक्रबार १२:३२

काठमाडौँ | प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा सांसद तथा पूर्वशिक्षामन्त्री विद्या भट्टराईले प्रारम्भिक बाल विकास (ईसीडी) कार्यक्रमलाई लिएर शिक्षा मन्त्रालयको दृष्टिकोण अस्थिर र अस्पष्ट रहेकोप्रति चिन्ता व्यक्त गरिन्।

उनका अनुसार आफू शिक्षामन्त्री रहँदा ईसीडीलाई विद्यालय संरचनाभित्र राख्ने र दुई वर्षे बनाउने विषयमा सहमति जुटेको थियो। तर उनले राजीनामा दिएपछि मन्त्रालय त्यस सहमतिबाट पछि हटेको छ। ‘शिक्षा मन्त्रालयको पछिल्लो अडानले यो विषय झन् पेचिलो बनेको छ,’ भट्टराईले भनिन्। शिक्षा मन्त्रालयले विद्यालय संरचनामा ईसीडी समावेश गर्दा शिक्षकको दायित्व बढ्ने र बजेट थपिनुपर्ने भन्दै असहमति जनाएको छ। तर सांसद भट्टराईले सामुदायिक र निजी विद्यालय दुवैमा समान मापदण्डमा आधारित ईसीडी शिक्षा व्यवस्था लागू गर्नुपर्ने बताइन्। ‘अहिले लागू ऐनअनुसार १ वर्षे ईसीडी अनिवार्य छ तर यो निजी विद्यालयमा कार्यान्वयन भएको छैन,’ उनले भनिन्, ‘अब कार्यान्वयन हुने गरी स्पष्ट कानुनी व्यवस्था आवश्यक छ।’

उनले समितिमा प्रतिवेदन अस्पष्ट रहेको भन्दै प्रश्न गरिन्, ‘२ वर्षे ईसीडी बनाउने कि नबनाउने? ईसीडी शिक्षकलाई शिक्षकको मान्यता दिने कि नदिने? अहिले नै स्पष्ट हुन जरुरी छ।’हाल सामुदायिक विद्यालयमा एक वर्षे र निजी विद्यालयमा चार वर्षसम्म ईसीडी कक्षा सञ्चालन हुँदै आएको छ। तर सरकारले ईसीडी शिक्षकलाई अझै पनि ‘बालविकास सहयोगी’ को रूपमा मात्रै मान्यता दिँदै आएको छ।

साथै भट्टराईले शिक्षक राजनीतिक दलमा आबद्ध हुन नपाउने, निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा दिनुपर्ने र शिक्षक–कर्मचारीका माग सम्बोधनका विषयमा पनि विधेयक स्पष्ट हुनुपर्नेमा जोड दिइन्।‘शिक्षक संगठन हुने कि नहुने? छात्रवृत्ति कार्यान्वयन कसले गर्ने? यी सबै विषय स्पष्ट नभएसम्म विधेयकमाथि दफावार छलफल अघि बढ्न हुँदैन,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’