२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक–कर्मचारीका माग सम्बोधनका विषयमा विधेयक स्पष्ट हुनुपर्ने : पूर्वशिक्षामन्त्री भट्टराई

२०८२, १० जेष्ठ शुक्रबार १२:३२

काठमाडौँ | प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा सांसद तथा पूर्वशिक्षामन्त्री विद्या भट्टराईले प्रारम्भिक बाल विकास (ईसीडी) कार्यक्रमलाई लिएर शिक्षा मन्त्रालयको दृष्टिकोण अस्थिर र अस्पष्ट रहेकोप्रति चिन्ता व्यक्त गरिन्।

उनका अनुसार आफू शिक्षामन्त्री रहँदा ईसीडीलाई विद्यालय संरचनाभित्र राख्ने र दुई वर्षे बनाउने विषयमा सहमति जुटेको थियो। तर उनले राजीनामा दिएपछि मन्त्रालय त्यस सहमतिबाट पछि हटेको छ। ‘शिक्षा मन्त्रालयको पछिल्लो अडानले यो विषय झन् पेचिलो बनेको छ,’ भट्टराईले भनिन्। शिक्षा मन्त्रालयले विद्यालय संरचनामा ईसीडी समावेश गर्दा शिक्षकको दायित्व बढ्ने र बजेट थपिनुपर्ने भन्दै असहमति जनाएको छ। तर सांसद भट्टराईले सामुदायिक र निजी विद्यालय दुवैमा समान मापदण्डमा आधारित ईसीडी शिक्षा व्यवस्था लागू गर्नुपर्ने बताइन्। ‘अहिले लागू ऐनअनुसार १ वर्षे ईसीडी अनिवार्य छ तर यो निजी विद्यालयमा कार्यान्वयन भएको छैन,’ उनले भनिन्, ‘अब कार्यान्वयन हुने गरी स्पष्ट कानुनी व्यवस्था आवश्यक छ।’

उनले समितिमा प्रतिवेदन अस्पष्ट रहेको भन्दै प्रश्न गरिन्, ‘२ वर्षे ईसीडी बनाउने कि नबनाउने? ईसीडी शिक्षकलाई शिक्षकको मान्यता दिने कि नदिने? अहिले नै स्पष्ट हुन जरुरी छ।’हाल सामुदायिक विद्यालयमा एक वर्षे र निजी विद्यालयमा चार वर्षसम्म ईसीडी कक्षा सञ्चालन हुँदै आएको छ। तर सरकारले ईसीडी शिक्षकलाई अझै पनि ‘बालविकास सहयोगी’ को रूपमा मात्रै मान्यता दिँदै आएको छ।

साथै भट्टराईले शिक्षक राजनीतिक दलमा आबद्ध हुन नपाउने, निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा दिनुपर्ने र शिक्षक–कर्मचारीका माग सम्बोधनका विषयमा पनि विधेयक स्पष्ट हुनुपर्नेमा जोड दिइन्।‘शिक्षक संगठन हुने कि नहुने? छात्रवृत्ति कार्यान्वयन कसले गर्ने? यी सबै विषय स्पष्ट नभएसम्म विधेयकमाथि दफावार छलफल अघि बढ्न हुँदैन,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला