२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घट्नामा ६१ जना प्रतिवादीमाथि अनुसन्धान सकियो,प्रतिवेदन बुझाउँदै प्रहरी

१० जेष्ठ २०८२, शुक्रबार १२:४४

काठमाडौँ।   राजावादी समूहले तीनकुनेमा प्रदर्शन तथा जुलस गर्दा भएको लुटपाट र आगजनीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराका अनुसार प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित अनुसन्धान करिब सकिएको र त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।

बोहोराले भने, ‘अनुसन्धान सकियो, यसलाई अन्तिम रूप दिने त प्रहरीले आज साँझसम्म अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारी गरेको छ । घटनामा ६१ जनालाई प्रतिवादी बनाउने तयारी छ ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, ज्यान मार्ने र ज्यान मार्ने उद्योगअन्तर्गतका चार कसुर लगाउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुर लगाउने तय भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा हालसम्म १७० भन्दा धेरै पक्राउ परेका थिए । जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् ।

राजावादीहरूले चैत १५ पछि आउँदो जेठ १५ गते प्रदर्शनको तयारी गरिरहेका छन् । शान्तिपूर्ण प्रदर्शन भनेकोमा राजवादीको आन्दोलन हिंसात्मक बनेको थियो । चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई प्राथमिकतामा राखेर सरकारले अनुसन्धान गर्ने जनाएको छ । राजावादीहरूको त्यो प्रदर्शनबारे सत्तापक्ष र विपक्षीले विपरीत धारणा राखेका छन् ।

सत्ता पक्षीय सांसदहरूले तीनकुने घटना घटाउनेलाई कानुनी कठघरामा उभ्याइनुपर्ने बताएका थिए । लोकतान्त्रिक पक्षधरले राजावादीहरूले गत चैत १५ गते हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउन गरेको प्रयासलाई निस्तेज पार्न खुट्टा नकमाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव