२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने पद्धति बसाउने हो भन्दै गृहमन्त्रीको प्रश्न

२०८२, ११ जेष्ठ शनिबार २०:२३

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रालयका कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दै मन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गरेका छन्। शनिबार सिंहदरबारमा पत्रकारहरुसँग बोल्दै उनले कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने पद्धति बसाउने हो भन्दै प्रश्न समेत गरे।

‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छन्,’ लेखकले भने, ‘लाखौँ कर्मचारीमा अनुसन्धान गर्न सक्षम संवैधानिक निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ। अनि कुनै पनि कर्मचारीकामाथि अनुसन्धान सुरु हुँदैगर्दा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो? त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? आजसम्म त्यस्तो भएको छ?’

गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ। गृहमन्त्री लेखकले यसबारे नियोजित प्रचारबाजी भइरहेको टिप्पणी समेत गरे। उनले भने, ‘नियोजित र सडयन्त्रमुलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ।’

आफूलाई कसैले दोषी प्रमाणित गरे या भएमा आफूले राजनीतिबाटै राजीनामा दिने उनको भनाइ छ। ‘भिजिट भिसाको बारेमा मात्रै होइन, मेरो सार्वजनिक, राजनीतिक जीवनमा एउटा मात्रै आर्थिक अनियमितता भएको प्रमाणित गर्छ भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’ लेखकले भने।

उनले भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामा जेठ १३ गते जवाफ दिने समेत बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट