२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीसँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीको एकता

२०८२, १३ जेष्ठ सोमबार १२:१२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीले एकता गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको कार्यालयको बैठकले ती दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सोही निर्णयबमोजिम आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता हुनेछ ।

बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी बनेको निष्कर्ष निकालेको छ । गण्डकी प्रदेशको कास्कीमा पुगेपछि पहिलो चरणको अभियान सम्पन्न जानकारी दिँदै प्रवक्ता सापकोटाले अब छिट्टै पोखराबाट पूर्वतर्फ अभियान सुरू हुने बताउनुभयो ।

“यो अभियान निकै नै प्रभावकारी भएको छ । जनताको उपस्थिति, आकर्षण गुणात्मक ढङ्गले बढिरहेको छ”, उहाँले भन्नुभयो, “अभियानले राष्ट्रिय एकता, जनतन्त्र, जनजीविका, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ सश्लेषण गर्न मजबुद आधार तयार गरेको छ ।”

माओवादीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको नेतृत्व पनि जोडिएको विषय सार्वजनिक भएकाले मार्गप्रशस्त गरी छानबिनमा सहयोग गर्न आग्रह गरेको छ । “स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रश्स्त गर्नुपर्ने निष्कर्ष निकालेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला