२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेसका नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग

१३ जेष्ठ २०८२, सोमबार १२:४१

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी नेताहरूलाई सुनाएका थिए ।

बैठकमा बोल्ने क्रममा नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका थिए । नेता डा. शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा आएको बैठकपछि पत्रकारलाई जानकारी दिए ।

‘हामीले सभापतिलाई के भन्यौं भने, तपाईं अब उनीहरूलाई बोलाउनूस् । सोध्नूस्, के भएको हो ? निकास निकाल्नु पर्‍यो नि । एक आपसमा मुठभेड गरेर कसलाई फाइदा हुन्छ ? स्पष्टीकरण माग्नूस् शेखर डा. साबसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग,’ बैठकपछि नेता कोइरालाले भने ।

नेताहरूले उनीहरुसँग स्पष्टीकरण सोध्न माग गरेपछि सभापति शेरबहादुर देउवा हुन्छ हुन्न केही जवाफ नदिएको कोइरालाले बताए ।

संस्थापनइतरका नेता डा. शेखर कोइरालाले छानबिनलाई सघाउन गृहमन्त्री लेखकले राजीनामा दिनु उचित हुने बताएका छन् । उनी पक्षीय सांसदहरू डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विचार राखेका छन् ।

कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निचोड निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव