२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा ६० दिन थुनेपछि प्रहरीले २६ जनालाई निर्दोष भन्दै छाड्यो

१३ जेष्ठ २०८२, सोमबार १७:२४

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झण्डै डेढसय जनालाई पक्राउ गरेको थियो। ती मध्ये केहीलाई म्याद थप नगरी र अरु पछि अनुसन्धानका क्रममा प्रहरीले रिहा गरेको थियो।

तर अन्तिमसम्म पनि संलग्नता देखिएको भन्दै अदालतबाट म्याद थप गरिरहेका २६ जनालाई भने अन्तिम दिनसम्म थुनेर छाडिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गर्दा आइतबार २६ जनाको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेर रिहा गरेको हो। उनीहरूलाई प्रहरीले ६० दिनसम्म थुनेको छ। आइतबार रिहा भएका केही व्यक्ति सुरुमै पक्राउ परेका थिए।

उनीहरूविरुद्ध प्रहरीले आपराधिक उपद्रवमा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो। तर अन्तिममा ११ जनालाई आपराधिक उपद्रवमा मात्रै मुद्दा चलाएर बाँकीलाई रिहा गरिएको हो।

पक्राउ परेर थुनामा रहेका मध्ये देवबहादुर थापा मगर, राजा ठाकुर हजाम, प्रसिद्ध मल्ल, नविन ढकाल, अशोक पराजुली भन्ने आलोक पराजुली, इरफान हजाम, गणेशबहादुर गुरुङ, विवेक खनाल भन्ने विवेक रखाल, उपेन्द्र प्रसाद शाह, गणेश प्याकुरेल, सरुन थापा, स्टन भन्ने ईस्टन लामालाई हिरा गरिएको हो।

यस्तै भविन्द्र विसि, विकास ओली, जीवलाल पुरी, आशिस तामाङ, लिला राना, मनिश कुमार शाही, भगवती रोक्का, सरिता केसी भन्ने सरिता खत्री, सुदर्शन थापा, सीता देवी राई, कृष्ण कुमार बस्नेत, मुकुन्द दाहाल र राज कुमार राईलाई पनि घटनामा संलग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएको भन्दै रिहा गरिएको छ।

उनीहरूमाथि कुनै पनि कसुरमा मुद्दा नचल्ने निर्णय भएको हो। यस्तै अरु ११ जनालाई पनि प्रहरीले संगठित अपराधमा समेत संलग्न रहेको भन्दै म्याद थप गर्दै आएको थियो। संगठित अपराधमा मात्रै ६० दिनसम्म थुनामा राख्न पाइन्छ। तर प्रहरीले संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर मुद्दा भने आपराधिक उपद्रवमा मात्रै मुद्दा चलाइएको हो।

मिसिल संलग्न प्रमाण कागजातबाट संगठित अपराध गरे भएको भन्ने तथ्य प्रमाणबाट खुल्न नआएको भन्दै संगठित अपराधतर्फ कुनै मागदावी लिइएको छैन। अरु ५० जनालाई भने राज्यविरुद्धको कसुरसहित संगठित अपराधमा पनि मुद्दा दायर भएको छ। यी प्रतिवादीहरूको सोमबारबाट जिल्ला अदालत काठमाडौँमा बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस र आदेश आउनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव