२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा ६० दिन थुनेपछि प्रहरीले २६ जनालाई निर्दोष भन्दै छाड्यो

२०८२, १३ जेष्ठ सोमबार १७:२४

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झण्डै डेढसय जनालाई पक्राउ गरेको थियो। ती मध्ये केहीलाई म्याद थप नगरी र अरु पछि अनुसन्धानका क्रममा प्रहरीले रिहा गरेको थियो।

तर अन्तिमसम्म पनि संलग्नता देखिएको भन्दै अदालतबाट म्याद थप गरिरहेका २६ जनालाई भने अन्तिम दिनसम्म थुनेर छाडिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गर्दा आइतबार २६ जनाको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेर रिहा गरेको हो। उनीहरूलाई प्रहरीले ६० दिनसम्म थुनेको छ। आइतबार रिहा भएका केही व्यक्ति सुरुमै पक्राउ परेका थिए।

उनीहरूविरुद्ध प्रहरीले आपराधिक उपद्रवमा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो। तर अन्तिममा ११ जनालाई आपराधिक उपद्रवमा मात्रै मुद्दा चलाएर बाँकीलाई रिहा गरिएको हो।

पक्राउ परेर थुनामा रहेका मध्ये देवबहादुर थापा मगर, राजा ठाकुर हजाम, प्रसिद्ध मल्ल, नविन ढकाल, अशोक पराजुली भन्ने आलोक पराजुली, इरफान हजाम, गणेशबहादुर गुरुङ, विवेक खनाल भन्ने विवेक रखाल, उपेन्द्र प्रसाद शाह, गणेश प्याकुरेल, सरुन थापा, स्टन भन्ने ईस्टन लामालाई हिरा गरिएको हो।

यस्तै भविन्द्र विसि, विकास ओली, जीवलाल पुरी, आशिस तामाङ, लिला राना, मनिश कुमार शाही, भगवती रोक्का, सरिता केसी भन्ने सरिता खत्री, सुदर्शन थापा, सीता देवी राई, कृष्ण कुमार बस्नेत, मुकुन्द दाहाल र राज कुमार राईलाई पनि घटनामा संलग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएको भन्दै रिहा गरिएको छ।

उनीहरूमाथि कुनै पनि कसुरमा मुद्दा नचल्ने निर्णय भएको हो। यस्तै अरु ११ जनालाई पनि प्रहरीले संगठित अपराधमा समेत संलग्न रहेको भन्दै म्याद थप गर्दै आएको थियो। संगठित अपराधमा मात्रै ६० दिनसम्म थुनामा राख्न पाइन्छ। तर प्रहरीले संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर मुद्दा भने आपराधिक उपद्रवमा मात्रै मुद्दा चलाइएको हो।

मिसिल संलग्न प्रमाण कागजातबाट संगठित अपराध गरे भएको भन्ने तथ्य प्रमाणबाट खुल्न नआएको भन्दै संगठित अपराधतर्फ कुनै मागदावी लिइएको छैन। अरु ५० जनालाई भने राज्यविरुद्धको कसुरसहित संगठित अपराधमा पनि मुद्दा दायर भएको छ। यी प्रतिवादीहरूको सोमबारबाट जिल्ला अदालत काठमाडौँमा बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस र आदेश आउनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला