२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसा प्रकरणको छानबिनमा रहेका सहसचिव भट्टराईलाई १० दिनपछि हाजिर हुने गरी तारेखमा छोड्यो

१३ जेष्ठ २०८२, सोमबार १७:५२

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई १० दिनपछि हाजिर हुने गरी तारेखमा राखिएको छ। जेठ ७ गतेदेखि तीन दिनसम्म अख्तियारमा हाजिर हुँदै आएका भट्टराईलाई अब १० दिनपछि हाजिर हुने गरी तारेखमा राखिएको अख्तियार स्रोतले बतायो।

भट्टराईको मोबाइल फोन परीक्षण गर्न अख्तियारले प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ। त्यसको रिपोर्ट नआइसकेको हुँदा अख्तियारले उनलाई १० दिनपछि मात्रै हाजिर हुन भनेको हो।

‘नियमित रूपमा गर्नुपर्ने अनुसन्धानका कामहरू भइरहेकै छन्। रिपोर्ट आएपछि उपस्थित हुने भनेर १० दिनपछि आउनलाई भनिएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तीन दिन नियमित हाजिर भएका थिए।’

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिचौलियासँगको सेटिङमा भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउने गरेको उजुरी परेपछि जेठ ७ गते अख्तियारले छापा मारेको थियो। अख्तियारले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई पनि त्यही दिन नियन्त्रणमा लिएको थियो। गृह मन्त्रालयले भट्टराईलाई अघिल्लो दिन नै तानेको थियो।

त्यसदिन अख्तियारले भट्टराईलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो। स्रोतका अनुसार उनलाई त्यसदिन सामान्य सोधपुछ गरिएको थियो। ‘सुरूमा उहाँसँग सामान्य सोधपुछ गरिएको हो। उहाँको मानसिक अवस्‍था के-कस्तो छ भन्ने लगायतका विषयमा सोधपुछ भएको हो,’ स्रोतले भन्यो।

यस्तै अख्तियारले ट्राभल एजेन्सी/ म्यानपावर एजेन्सीका केही व्यक्तिहरूमाथि पनि अनुसन्धानको घेरामा राखेको छ। एजेन्सीसँग सम्बन्धित व्यक्तिहरूको मोबाइल पनि प्रयोगशालामा पठाएको छ।

अख्तियारले छापा मारेपछि गृह मन्त्रालयले अध्यागमन कार्यालय विमानस्थलमा कार्यरत ठूलो संख्यामा कर्मचारीहरूको सरूवा गरेको छ। पछिल्लो समय गृहमन्त्री रमेश लेखकसमेत विवादमा तानिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव