१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृ‌हमन्त्री लेखकले प्रतिपादन गरेको सिद्धान्त ‘राजीनामा’ आफैमा लागू हुन्छ या हुँदैन भन्दै रास्वपा सांसद खनालको प्रश्न

१४ जेष्ठ २०८२, मंगलवार १२:३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको मंगलबारको बैठकमा गृ‌हमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गरेको छ।

रास्वपा सांसद शिशिर खनालले गृहमन्‍त्री लेखकले राजीनामा दिनुपर्ने बताए। यस्तै भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग समेत गठन गर्न माग उनले माग गरेका छन्।

‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, राजीनामा आउनुपर्छ,’ उनले भने, ‘आज हामी राजीनामा मात्रै माग गर्दै छैनौं। संगठित ढंगले भएको यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण जोडिएर हेर्ने गरी छानबिन गर्ने एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन।’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा मोबाइल तथा उपकरणहरू गृह मन्त्रालय मातहतकै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने भएकाले निष्पक्ष छानबिन हुन नसक्ने उनको भनाइ थियो।

साथै रास्वपा सांसदहरूले संसद बैठकमै गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन्। सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरूले विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल