२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रमाथि आक्रमण हुँदा मौनता साँधेर बस्नु हुँदैनः नेता गौतम

१४ जेष्ठ २०८२, मंगलवार १४:२१
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले गणतन्त्रमाथि आक्रमण भइरहेका बेला कसैले पनि मौनता साँधेर बस्नु नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रविरुद्ध कसैलाई पनि जान छुट नभएको बताउनुभयो । उहाँले गणतन्त्रविरुद्ध आक्रमण हुँदा एमाले मुकदर्शक बनेर नबस्ने बताउनुभयो । “अरू पार्टी र सङ्गठन के गर्दछन् त्यो उहाँहरुको नीति र निष्ठाको विषय हो”, उहाँले भन्नुभयो, “एमाले गणतन्त्र विरोधीलाई निस्तेज पार्न र गणतन्त्रको पक्षमा माहोल बनाउन सधैँ अग्रपङ्क्तिमा हुनेछ ।”
स्थायी कमिटी सदस्यसमेत रहनुभएका गौतमले यही जेठ १५ गते मनाउन थालिएको गणतन्त्र उत्सवलाई सफल पार्नका लागि प्रेस चौतारीले प्रचारप्रसारको कामलाई तीव्र गति दिन निर्देशन दिनुभयो । उहाँले सबै प्रकारका सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई समेत कार्यक्रमका पक्षमा माहोल बनाउन केन्द्रित गर्न निर्देशन दिनुभएको छ ।
अध्यक्ष गणेश पाण्डेले उपत्यकामा रहेका सबै कमिटीलाई गणतन्त्र उत्सव सफल बनाउन सहभागी हुन निर्देशन दिनुभयो । उहाँले प्रेस चौतारीले आजैदेखि आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत कार्यक्रमको व्यापक प्रचार गर्नुपर्ने बताउनुभयो । एमालेले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव