२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रमाथि आक्रमण हुँदा मौनता साँधेर बस्नु हुँदैनः नेता गौतम

२०८२, १४ जेष्ठ मंगलवार १४:२१
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले गणतन्त्रमाथि आक्रमण भइरहेका बेला कसैले पनि मौनता साँधेर बस्नु नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रविरुद्ध कसैलाई पनि जान छुट नभएको बताउनुभयो । उहाँले गणतन्त्रविरुद्ध आक्रमण हुँदा एमाले मुकदर्शक बनेर नबस्ने बताउनुभयो । “अरू पार्टी र सङ्गठन के गर्दछन् त्यो उहाँहरुको नीति र निष्ठाको विषय हो”, उहाँले भन्नुभयो, “एमाले गणतन्त्र विरोधीलाई निस्तेज पार्न र गणतन्त्रको पक्षमा माहोल बनाउन सधैँ अग्रपङ्क्तिमा हुनेछ ।”
स्थायी कमिटी सदस्यसमेत रहनुभएका गौतमले यही जेठ १५ गते मनाउन थालिएको गणतन्त्र उत्सवलाई सफल पार्नका लागि प्रेस चौतारीले प्रचारप्रसारको कामलाई तीव्र गति दिन निर्देशन दिनुभयो । उहाँले सबै प्रकारका सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई समेत कार्यक्रमका पक्षमा माहोल बनाउन केन्द्रित गर्न निर्देशन दिनुभएको छ ।
अध्यक्ष गणेश पाण्डेले उपत्यकामा रहेका सबै कमिटीलाई गणतन्त्र उत्सव सफल बनाउन सहभागी हुन निर्देशन दिनुभयो । उहाँले प्रेस चौतारीले आजैदेखि आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत कार्यक्रमको व्यापक प्रचार गर्नुपर्ने बताउनुभयो । एमालेले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला