२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठ १५ गरेको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको : राजेन्द्र लिङ्देन

१४ जेष्ठ २०८२, मंगलवार १४:४४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गरेको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् । मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री हाम्रो जेठ १५ को कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो,’ उनले भने ।संविधानले दिएको स्वतन्त्रता सरकारले कुन्ठित गर्न खोजेको उनको आरोप छ ।

 

‘हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेका छन् । पत्रकारहरूले यसमा निष्पक्ष भएर समाचार सम्प्रेषण गरिदिनु पर्‍यो,’ लिङ्देनले भने ।

राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव