२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीको राजीनामा माग्दै विद्यार्थी संगठनको प्रदर्शन

२०८२, १४ जेष्ठ मंगलवार १७:२२

काठमाडौँ । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी विद्यार्थी संगठनको प्रदर्शन, तत्काल राजीनामा दिएर छानबिनको लागि मार्ग प्रशस्त गर्न आग्रह ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाउँदै विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। संयुक्त रूपमा आयोजित प्रदर्शनमा सहभागी विद्यार्थीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै सडकमा आक्रोश व्यक्त गरेका हुन्।

प्रदर्शनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसाको नाममा खाडी मुलुक र युरोप जाने नेपालीहरूमाथि दैनिक रूपमा उठाइएको अवैध रकममा गृहमन्त्रीको संलग्नता रहेको दाबी गरेका छन्।

उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयमा छापा मारेपछि नियन्त्रणमा लिएका सहसचिव तीर्थराज भट्टराईको बयानलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै गृहमन्त्री लेखकलाई भिजिट भिसा मार्फत दैनिक ५० लाख रुपैयाँ बुझाउने गरिएको खुलासा भएको बताएका छन्।

विद्यार्थी संगठनहरूको भनाइमा, यस्तो प्रकारको कार्यमा देशकै गृहमन्त्रीको संलग्नता हुनु केवल भ्रष्टाचार होइन, मानव बेचबिखन र देशद्रोह सरह हो। उनीहरूले तत्काल गृहमन्त्री लेखक र संलग्न अन्य कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।

प्रदर्शनकारीहरूले ओली नेतृत्वको वर्तमान सरकारमाथि गम्भीर आरोप लगाउँदै, दोषीमाथि कारबाही गर्नुभन्दा उनीहरूलाई संरक्षण गरेको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी