२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्, आगामी बजेटमा हिमाल देख्न पाइयोस्’

२०८२, १५ जेष्ठ बुधबार ११:४१

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी बजेटमा हिमालका मुद्दा समेटिने अपेक्षा गर्नुभएको छ । सगरमाथा क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्नुहुँदै उहाँले आगामी बजेटमा सम्मानित भरिया बिमा, व्यावसायिक आरोहीलाई पेन्सन, बेस क्याम्पमा सरकारी टावर स्थापना, सगरमाथामा प्रविधि र सरकारको पँहुच, ट्रेकिङ रुट नमासी सडक बनाउने, थुक्लामा यसै वर्ष झोलुङ्गे पुल बनाउने विषय समेटिने आग्रह गर्नुभएको हो । ‘हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा’सँग सम्बन्धित पत्रमा महामन्त्री शर्माले सो आग्रह गर्नुभएको हो ।

यसअघि महामन्त्री शर्माले सगरमाथा आधार शिविरबाट प्रधानमन्त्री ओलीलाई ‘जलवायु परिवर्तन र न्यायः नेपालले गर्नुपर्छ नेतृत्व’ विषयसम्बन्धी पहिलो पत्र लेख्नुभएको थियो । उहाँले सोलुखुम्बुको लुक्लादेखि बेस क्याम्पसम्म र बेस क्याम्पदेखि ‘क्याम्प ३’ को नजिकसम्म पुग्दैगर्दा उहाँले त्यहाँ आफूले देखेका समस्या, अभाव र चुनौती बारेमा प्रधानमन्त्री ओलीलाई पत्रमार्फत अवगत गराउनुभएको जानकारी दिनुभयो ।

उहाँले सगरमाथा र अन्य सबै हिमाललाई जलवायु परिवर्तनको चपेटाबाट जोगाउने सङ्कल्पसाथ सुरु ‘सगरमाथा संवाद’ विस्तारित गरेर नेपालले यो ‘एजेन्डा’मा विश्वस्तरीय नेतृत्व लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

“अविलम्ब निर्देशन होस्, बजेट निर्माण गर्दा तराई मधेस, पहाड सबै सन्तुलन मिलाउनु नै पर्छ तर त्यो मिलाइरहँदा हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्, यो बजेटमा हिमाल देख्न पाइयोस्”। महामन्त्री शर्माको पत्रमा उल्लेख छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी