२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गभर्नर पौडेलको शैक्षिक योग्यतासम्बन्धी रिट न्यायाधीश मुसलमानको इजलासमा

२०८२, १५ जेष्ठ बुधबार ११:५८

काठमाडौँ । गर्भनर विश्व पौडेलको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दिएको रिट माथि आज सर्वोच्चमा इजलासमा रहेको छ ।

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट बुधबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा पेश भएको छ। सो रिट इजलासको सातौं नम्बरमा सूचीबद्ध गरिएको हो।

उक्त रिट अधिवक्ता अनन्त लुइटेलसहितको टोलीले मंगलबार दर्ता गराएको हो। रिटमा गभर्नर नियुक्तिको प्रक्रिया ‘म्याच फिक्सिङ’ शैलीमा भएको दाबी गरिएको छ, जसले सुशासनको मापदण्डमाथि प्रश्न उठाएको बताइएको छ।

रिटमा राष्ट्र बैंक ऐनअनुसार तोकिएको शैक्षिक योग्यता पूरा नगरेको भन्दै गभर्नर पौडेलको नियुक्ति बदर गर्नुपर्ने माग गरिएको छ। साथै, यस्तो संवेदनशील निकायमा योग्यता र प्रक्रिया नपुगी गरिएको नियुक्ति उचित नहुने भन्दै अन्तरिम आदेशको मागसमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला