१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ताधारी दलको बालुवाटारमा छलफल,प्रतिपक्षी भने बैठकका लागि संसद्मामा कुरिरहेका

१५ जेष्ठ २०८२, बुधबार १२:३२

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक अझै सुरु हुन सकेको छैन । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको थियो ।

प्रमुख सत्ताधारी दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफलमा बसेकाले प्रतिनिधिसभाको बैठकमा ढिलाइ भएको हो ।

आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गर्ने बताएकाले थप रणनीतिका लागि सत्ताधारी दलको बैठक बसेको हो । बालुवाटारको बैठक भर्खरै सकिएको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बालुवाटार बैठक सकिएको जानकारी गराउँदै विपक्षी दलहरूसँग संसद् खुलाउन छलफल हुने बताए ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् शिशिर खनालले आफूहरू संसद् भवन नयाँ बानेश्वरमा बैठक कुरिरहेको बताए । खनालले भने, ‘हामी यहीँ छौं, सत्तापक्षको बैठक चलिरहेकाले ढिलाइ भएको जानकारी पाएका छौं,’ उनले भने, ‘संसद्मा हाम्रो नीति हिजो जे थियो, आज पनि त्यही कायमै छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद भवनमा हुनुपर्ने छलफल बालुवाटारमा भएको भन्दै आपत्ति जनाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सदनको चल्ने/नचल्ने छलफल संसद् भवनमा हुनपर्नेमा बालुवाटारमा भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव