२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डुबान हुन नदिन चोभारको खोचमा रहेका अवरोध हटाइने

२०८२, १५ जेष्ठ बुधबार १२:४६

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाको निकासका रूपमा रहेको चोभारको खोचस्थित बागमती नदीमा रहेका अवरोधहरू हटाउने भएको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सहरी विकास मन्त्रालयको नेतृत्वमा नेपाली सेनामार्फत चोभार खोचमा भएका अवरोध हटाउने निर्णय गरेको हो ।

बैठकले गत वर्ष चोभारमा बागमती नदीको बहावमा केही अवरोध भएर तटीय क्षेत्रमा डुबान भएको निष्कर्ष निकाल्दै उक्त अवरोध हटाउने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ स्वीकृत गरेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार यही जेठ १८ देखि असार १६ मा सरदरभन्दा बढी वर्षा हुनेछ, भने असार १७ देखि साउन १५ र साउन १६ देखि भदौ १५ सम्म वर्षा कम हुने सम्भावना छ ।

सो अवसरमा गहृमन्त्री लेखकले प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार अहिलेदेखि नै काम थाल्न निर्देशन दिनुभएको कार्यकारी प्रमुख भट्टले जानकारी दिनुभयो । बैठकमा गृह, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, नेपाली सेनाका उच्च अधिकृत, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न मन्त्रालयका सहसचिवको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी