२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण

२०८२, १५ जेष्ठ बुधबार १२:५९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापको थप व्यवस्थित बनाउनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुआत गरेको छ । उक्त सुख्खा फोहर विक्रीका लागि वार्षिक रु ६ करोड आठ लाख ७२ हजारमा ठेक्का लगाएको छ ।
कामपाले ३२ वटा वडालाई जनसङ्ख्या र भुगोलको आधारमा क्षेत्र निर्धारण गरी सुख्खा फोहर व्यवस्थापनको सुरु गरेको कामपा वातावरण व्यवस्थापन विभागले जानकारी दिएको छ ।
कामपाले ३२ वटै वडालाई सात क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको हो । यी स्थानमध्ये क्षेत्र नं ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इञ्जिनियर रामप्रसाद नेपालले जानकारी दिनुभयो ।
क्षेत्रमा क्रमशःसञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उहाँको भनाइ छ । यस क्षेत्रमा वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वडा छन् ।
सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ । घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न  र अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाँको आयु बढाउनका लागि ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न कामपाले आय ठेक्का कार्यविधि २०७९ वमोजिम सार्वजनिक सूचनाबाट आव्हान गरेको थियो । यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ । यस क्षेत्रमा वडा नं २, ३, ४, ५ र ७ पर्छन् ।
क्षेत्र नं २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि जिम्मा पाएको छ जहाँ वडा नं १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले कवोल गरेको छ यस क्षेत्रमा वडा नं ६, ८ र ९ पर्छन् । क्षेत्र नं ४ मा मेची पोली इष्डष्ट्रीले जिम्मा लिएको छ । यसमा वडा नं १६, १७ र २६ पर्छन् । वडा नं १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ को जिम्मा नेपाल ऊर्जा विकास कम्पनीले लिएको छ ।   वडा नं १०, ३१ र ३२ समेटेर क्षेत्र नं ६ तोकिएको छ । जहाँ पोली वेस्ट म्यानेजमेन्टले  जिम्मा पाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला