१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन ‘के छानबिन गर्ने ? गृहमन्त्रीको राजीनामा पनि आउँदैन : नेपाली कांग्रेस

१५ जेष्ठ २०८२, बुधबार १३:१२

काठमाडौँ ।  नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए । उनले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताए ।

‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन । किन छानबिन समिति बनाउने ?,’ घिमिरेले भने, ‘कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छ ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो । बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने विपक्षी दलहरूले बताएका छन् । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव