१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

१५ जेष्ठ २०८२, बुधबार १४:३५

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधारगृहमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने तथा नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा बाल सुधार गृहमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न सांसद कृष्णबहादुर रोकायाले माग गर्नुभयो । उहाँले देशभर जम्मा नौ वटा सुधार गृह भएको र भएकामा पनि क्षमताभन्दा बढी रहेकाले विभिन्न समस्या देखिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा त एउटा पनि बाल सुधार गृह छैन । अत्यधिक भीडभाड, पर्याप्त शौचालय, शिक्षा र परामर्शको अभाव तथा आवश्यक सुविधाबाट वञ्चित छन् । बालगृहमा देखिएका समस्याको सुधार गर्न आग्रह गर्छु ।”

सांसद घनश्याम रिजालले गत वर्ष बाढी पहिरोले वितण्डा निम्त्याएको र यो वर्ष पनि औसतभन्दा बढी पानी पर्ने आकलन गरिएकोमा उद्धार तथा राहत र आवश्यक तयारीका लागि सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

सांसद पूजा चौधरीले रौतहटको विभिन्न नगरपालिकामा भारतबाट आएका नक्कली चिकित्सकहरूले अवैध र असुरक्षित शल्यक्रिया गरिरहेको पाइएको बताउनुभयो । “असुरक्षित शल्यक्रियाले एक जना महिलाको ज्यान गुमेको छ । यस्ता गैरकानूनी गतिविधि रोक्न र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु ।”

सांसद रुकमीणी कोइरालाले संविधानमा सुनिश्चित गरेको मौलिक हकको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुकुमारी सापकोटाले स्थानीय उत्पादन र बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गाँजाको वैधानिक उत्पादन र बजारीकरण, लोकल कोदोको रक्सी ब्रान्डिङ गर्नेलगायत स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

सांसद विष्णुदेवी पुडासैनीले महालेखा परीक्षकको प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु स्थानीय तहमा देखिएकाले उक्त समस्या समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी, विष्णुबहादुर विश्वकर्माले भिजिट भिसा प्रकरणलगायत विषयमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव