२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

२०८२, १५ जेष्ठ बुधबार १४:३५

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधारगृहमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने तथा नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा बाल सुधार गृहमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न सांसद कृष्णबहादुर रोकायाले माग गर्नुभयो । उहाँले देशभर जम्मा नौ वटा सुधार गृह भएको र भएकामा पनि क्षमताभन्दा बढी रहेकाले विभिन्न समस्या देखिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा त एउटा पनि बाल सुधार गृह छैन । अत्यधिक भीडभाड, पर्याप्त शौचालय, शिक्षा र परामर्शको अभाव तथा आवश्यक सुविधाबाट वञ्चित छन् । बालगृहमा देखिएका समस्याको सुधार गर्न आग्रह गर्छु ।”

सांसद घनश्याम रिजालले गत वर्ष बाढी पहिरोले वितण्डा निम्त्याएको र यो वर्ष पनि औसतभन्दा बढी पानी पर्ने आकलन गरिएकोमा उद्धार तथा राहत र आवश्यक तयारीका लागि सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

सांसद पूजा चौधरीले रौतहटको विभिन्न नगरपालिकामा भारतबाट आएका नक्कली चिकित्सकहरूले अवैध र असुरक्षित शल्यक्रिया गरिरहेको पाइएको बताउनुभयो । “असुरक्षित शल्यक्रियाले एक जना महिलाको ज्यान गुमेको छ । यस्ता गैरकानूनी गतिविधि रोक्न र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु ।”

सांसद रुकमीणी कोइरालाले संविधानमा सुनिश्चित गरेको मौलिक हकको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुकुमारी सापकोटाले स्थानीय उत्पादन र बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गाँजाको वैधानिक उत्पादन र बजारीकरण, लोकल कोदोको रक्सी ब्रान्डिङ गर्नेलगायत स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

सांसद विष्णुदेवी पुडासैनीले महालेखा परीक्षकको प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु स्थानीय तहमा देखिएकाले उक्त समस्या समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी, विष्णुबहादुर विश्वकर्माले भिजिट भिसा प्रकरणलगायत विषयमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला