३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाका सांसदहरूको सुरक्षामा खटिएका प्रहरी फिर्ता, सरकारको निर्णयप्रति असन्तुष्टि

१५ जेष्ठ २०८२, बुधबार १४:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित तीन जना सांसदहरूको सुरक्षार्थ खटिएका प्रहरी (पीएसओ)लाई सरकारले फिर्ता बोलाएको छ। बुधबार राप्रपाबाट संसद तथा संसदीय समितिमा जिम्मेवारी पाएका सांसदहरूको सुरक्षामा खटिएका पीएसओहरू फिर्ता गरिएको हो।

सरकारको यस निर्णयअनुसार प्रमुख सचेतक शाही, पूर्वाधार विकास समिति सभापति दीपक सिंह र पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका सांसद ध्रुवबहादुर प्रधानको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता गरिएको राप्रपाले जनाएको छ। प्रधानलाई पूर्व आईजिपी भएको आधारमा पीएसओ उपलब्ध गराइएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, उक्त सुरक्षाकर्मीहरूलाई नियमित ब्रिफिङका लागि बोलाइएको हो। “फिर्ता गरिएको भन्ने जानकारी छैन, उनीहरूलाई नियमित प्रक्रिया अनुसार बोलाइएको हुन सक्छ,” थापाले स्पष्ट पारे।

यता, पीएसओ फिर्ता गरिएको विषयमा प्रतिक्रिया दिँदै प्रमुख सचेतक शाहीले व्यक्तिगत रूपमा आपत्ति नभए पनि निर्णय विभेदपूर्ण रहेको टिप्पणी गरेका छन्। हामी जनताका बीचमा सुरक्षित छौं, तर एउटै हैसियतमा रहेका अन्य सांसदहरूको पीएसओ यथावत राखी, राप्रपाका सांसदहरूको मात्र हटाइनु स्वीकार्य छैन भन्दै असन्तुष्टि जानेका छन्।

राप्रपाले सरकारको यो निर्णयको औपचारिक समीक्षा गरी आवश्यक प्रतिक्रिया सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट