१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेविका खत्रीलाई न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन, ८ जना नियन्त्रणमा

१५ जेष्ठ २०८२, बुधबार १५:१३

काठमाडौँ । गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनका क्रममा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई न्याय दिनुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन गरिएको छ। बुधबार कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको मूल गेटअगाडि विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

तीनकुनेको घटनामा दुई जनाको मृत्यु भएको थियो भने केही गम्भीर घाइते भएका थिए। तीमध्ये उदयपुरकी रेविका खत्री आन्दोलनसँग प्रत्यक्ष सरोकार नराखेकी भए पनि घटनास्थलमा गोली लागेर घाइते भएकी थिइन्। दुई महिना बितिसक्दा पनि उनी उपचाररत नै छिन्।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही र पीडितको पूर्ण उपचार सुनिश्चित गर्न माग गरेका छन्। रेविकाको अवस्थालाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न विद्यार्थी संगठनहरूमार्फत पनि आवाज उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव