२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से दोहोरो अंकले वृद्धि भएसँगै,कारोबार रकम पनि बढ्यो

२०८२, १५ जेष्ठ बुधबार १५:४५

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।

आज २ : १० बजेपछि बजारले वृद्धिको लय समातेको हो । बजार वृद्धिमा बैंकिङ सेक्टरको सबैभन्दा ठूलो योगदान रह्यो । समग्र नेप्से ०.६१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।

बैंकिङका अलवा विकास बैंक १.२९, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.८१, हाइड्रोपावर ०.८९, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत बढे । जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.२६ तथा अन्य समूह ०.०६ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९.८५, भूगोल इनर्जीको ९.१५, अरुण काबेली पावरको ५.८९ प्रतिशत मूल्य बढ्यो ।

मूल्य धेरै घट्नेमा बाराही हाइड्रोपावर छ । सो कम्पनीको ५.२६ प्रतिशत मूल्य घट्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.१०, नेपाल माइक्रो इन्स्योरेन्सको ४.०८ तथा दिव्यश्वरी हाइड्रोपावरको ३.९१ प्रतिशत घट्यो । रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर र कुमारी बैंक छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति