३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सामाजिक न्याय र समृद्धिका लागि महिला अधिकार अपरिहार्य’

१५ जेष्ठ २०८२, बुधबार १५:५१
काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला अधिकारको सम्मान नभएसम्म राज्य सामाजिक न्याय र समृद्धिको दिशातर्फ अघि बढन नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित समारोहमा उहाँले महिला हकअधिकार सम्बन्धित कानुनको पूर्ण कार्यान्वयनका लागि आह्वान समेत गर्नुभयो ।
उहाँले समितिले महिला हिंसा र दुव्र्यवहारसम्बन्धी उजुरीमाथि तत्काल छलफल एवं छानबिनसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने गरेको बताउनुभयो ।  “महिला हकअधिकार समानता, न्यायपूर्ण ढङ्ग र समावेशी आधारले कसरी परिपुरण गर्न सकिन्छ भनेर लाछि परेका छौँ”, सभापति साहले भन्नुभयो ।
कर्मचारीतन्त्रदेखि राजनीतिक दलभित्र महिलाको सहभागिता बढाउनुपर्ने जोड दिँदै उहाँले आर्थिक समानताले महिला सशक्तीकरणमा बल पु¥याउने बताउनुभयो ।  सोही कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिँदै परिणाममुखी काम गर्न आग्रह गर्नुभयो । उहाँले महिलाका मुद्दामा संवेदनशील भई काम गर्न सुझाव दिनुभयो ।
सांसद सदस्य रेखा यादवले नेपाली समाजमा अहिले पनि महिलाको भूमिका सहयोगीका रुपमा सीमित, अर्थ र सामाजिक प्रतिष्ठामा पुरुषकै पकड रहेको बताउनुभयो ।  सांसद प्रतीक्षा तिवारीले अधिकारको दुरुपयोग हुन नदिन संवेदनशील बन्नपर्ने बताउनुभयो ।
कार्यक्रममा  पत्रकार बबिता बस्नेतले योगमायादेखि हालसम्म महिलाले लोकतन्त्र, सामाजिक न्यायका लागि गरेको बलिदानीपूर्ण सङ्घर्षको इतिहाससम्बन्धी चर्चा गर्नुभएको थियो ।  राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले आयोगको प्रतिवेदनमार्फत दिइएको सुझावलाई सरकारले गम्भीर रुपमा नलिएको गुनासो गर्नुभयो । आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिला सशक्तीकरण र महिला हिंसा रोक्ने कार्यलाई प्राथमिकतामा राखेर तीनै तहमा आयोगले काम गरिरहेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट