१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रात्मक शासन व्यवस्थाबाट समृद्ध मुलुक निर्माण गर्न सकिन्छः अध्यक्ष नेपाल

१६ जेष्ठ २०८२, बिहीबार १४:३५
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध मुलुक निर्माण गर्न सकिने बताउनुभएको छ ।
अध्यक्ष नेपालले १८औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै जननिर्वाचित प्रतिनिधिबाट सञ्चालन हुने शासन व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएको बताउनुभयो ।
सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासमा अगाडि बढाउनुपर्ने बताउँदै उहाँले जनभावनाको कदर गरी संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
जनताको लामो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको बताउँदै उहाँले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेकामा सबै चनाखो हुनुपर्नेमा जोड दिँदै उहाँले जनताको सामाजिक तथा जीवनपद्धतिका रूपमा आर्थिक रुपान्तरण स्थापित र संस्थागत गर्न समाजवाद कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले ऐतिहासिक जनक्रान्तिसहित न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गरेका सहिदप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दै उहाँहरुको योगदानप्रति सम्मान व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल