१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजवाद कार्यान्वयन गर्नुपर्नेमा पूर्व प्रधानमन्त्री खनालको जोड

१६ जेष्ठ २०८२, बिहीबार १४:३७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समाधान गर्न समाजवाद कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक तथा राजनीतिक समस्याको हल गरी समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणाका आधारमा सामाजिक सुरक्षाको प्रबन्ध, आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेता खनालले देशमा रोजगारी सृजना नहुँदा श्रमजीवी युवा, विदेशिन बाध्य भइरहेकाले कृषि, पूर्वाधार, औद्योगिक क्षेत्रमा लगानी वृद्धि तथा उत्पादन गर्न समाजवादको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले शान्तिपूर्ण दोस्रो आन्दोलनले निरङ्कुश राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको आजको दिन देशको इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेको सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो ।

देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी शक्तिलाई एकजुट हुन आव्हान गर्दै उहाँले समाजवादको सुन्दर भविष्यतिर दृढतापूर्वक क्रियाशील हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल