१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनप्रतिनिधि जनताको सारथी बन्नुपर्छ’

१६ जेष्ठ २०८२, बिहीबार १६:१५
काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशका जनतालाई सेवा प्रवाह गर्न र आर्थिक समृद्धिको लागि स्थानीय जनप्रतिनिधि नागरिकको सारथी बन्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेश, गणतन्त्र दिवस समारोह समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उहाँले सरकारले विकासको पूर्वाधार र कृषि उत्पादनलाई आत्मनिर्भर तुल्याउने दिगो योजनालाई कार्यन्वयन गर्दै लैजाने उल्लेख गर्नुभयो ।
प्रदेश प्रमुख देवकोटाले मुलुकमा गणतन्त्रको विकल्प नरहेको उल्लेख गर्दै राजनीतिक नेतृत्वले अब नयाँ सोच र चिन्तनका साथ विकासका लागि योजनाबद्ध भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय र प्रदेश सरकारबीच निरन्तर समन्वय र सहकार्य नहुँदा जनतालाई शीघ्र सेवा प्रवाह गर्न समस्या भइरहेको बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारले जनताका लागि भौतिक पूर्वाधार, वहुवर्षीय योजना, कृषि उत्पादनलाई जोड्न र पर्यटन क्षेत्रको विस्तारका लागि बजेट आगामी वर्षको बजेट विनियोजन गरी कार्यन्वयन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले गणतान्त्रिक व्यवस्थाले सबै राजनीतिक दल र नागरिकलाई सम्मानपूर्वक समान अधिकार प्रत्याभुति गरेकाले गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले सामाजिक न्याय, जनताप्रति मौलिक अधिकारको साथै राजनीतिक दललाई जनताप्रति जवाफदेही हुने प्रक्रिया गणतान्त्रिक पद्दतिमा व्यवस्था गरिएको बताउनुभयो ।
प्रभात फेरी
हेटौँडाको भूटन देवी उच्च माविको प्राङ्गणबाट निस्केको प्रभात फेरीले हेटौँडा नगरको परिक्रमा गर्दै बागमती मन्त्री परिषद्को प्राङ्गणमा पुगेपछि समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा नेवारी, तामाङ, थारुको मौलिक सांस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।
उक्त प्रभातफेरीमा प्रदेश प्रमुख देवकोटा, मुख्यमन्त्री तामाङ, मन्त्री, बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाइँं, प्रदेशसभाका सदस्य, सुरक्षा निकायको उच्च अधिकृत, विभिन्न मन्त्रालयका सचिव, हेटौँडा उपमहानगरपालिका प्रमुख मिना लामा, उपप्रमुख राजेश वानिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितमान घलान, विभिन्न कार्यालय प्रमुख र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का