२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी

२०८२, १६ जेष्ठ बिहीबार १६:२३
काठमाडौँ । पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी आएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं र्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, “आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सञ्चित कोषमा प्राप्त वैदेशिक अनुदान रु २४ अर्ब एक करोड र वैदेशिक ऋण रु एक खर्ब १३ अर्ब २७ करोड गरी कुल वैदेशिक सहायता प्राप्ति रु एक खर्ब ३७ अर्ब २८ करोड रहेको छ ।”
यस अवधिको कुल वैदेशिक सहायता प्राप्तिमध्ये ऋण र अनुदानको अंश क्रमशः ८२ दशमलव पाँच प्रतिशत र १७ दशमलव पाँच प्रतिशत रहेको सरकारले जनाएको छ । आव २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वैदेशिक सहायता प्राप्ति दुई दशमलव चार प्रतिशत रहेको छ । “चालु आवको फागुनसम्म वैदेशिक अनुदान रु नौ अर्ब १६ करोड र वैदेशिक ऋण रु ६५ अर्ब ७४ करोड गरी कुल वैदेशिक सहायता प्राप्ति रु ७४ अर्ब ६३ करोड पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव आठ प्रतिशतले बढी हो”, सर्वेक्षणमा भनिएको छ ।
चालु आवको फागुनसम्म सार्वजनिक वित्तका परिसूचक सामान्य रहेका छन् । सङ्घीय राजस्व परिचालन १२ दशमलव छ प्रतिशतले वृद्धि भएकाले यस अवधिमा सरकारको बजेट घाटा र वित्त घाटामा सुधार भएको छ । प्राथमिक सन्तुलन र राजस्व सन्तुलन दुवै बचतमा रहेका सर्वेक्षणमा उल्लेख छ । वैदेशिक सहायता प्रतिबद्धतामा भने उल्लेख्य वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति