२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशलाई उन्नतिको बाटोमा अघि बढाउन सबैले संकल्प गर्नुपर्ने

१६ जेष्ठ २०८२, बिहीबार १६:३२
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले देशलाई उन्नतिको बाटोमा अघि बढाउन सबैले संकल्प गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आजदेखि सुरु राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन समारोहमा मन्त्री पाण्डेले देशमा केही हुँदैन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै लोकतन्त्रमा नागरिकलाई कसरी लाभ दिने र देशलाई उन्नतिको पथमा अघि बढाउने भन्ने विषयमा सबैले सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “गणतन्त्र जे छ त्यो भन्दा सुधार गर्दै लैजानुपर्छ, कमी कमजोरी हटाउनुपर्छ, यो लोकतन्त्रको असल संस्कृति र संस्कारको बाटो हो, कुनै किसिमको निरङ्कुशता नेपालमा अघि बढ्न सक्दैन ।”
मन्त्री पाण्डेले आफूले आफूलाई शासन गर्ने पद्धतिमा सुधार कसरी गर्ने, उपयुक्त व्यक्तिलाई योगदान गर्ने ठाउँमा कसरी पुर्याउने, कसरी नागरिकलाई लाभ दिने भनेर सोच्ने बेला आएको बताउनुभयो । गणतन्त्र आएपछि नेपालमा विकास भएको दाबी गर्दै उहाँले अझै धेरै गर्न बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।
नेपालको सम्पदा हेर्दा त्यो शताब्दीको अरनिको मात्रै नभएर नेपालमा अहिलेको शताब्दीका अरनिकोहरु पनि रहेको आभास हुने बताउनुभयो ।
उहाँले पर्यटक विकासका लागि नौतले दरबारसँगै दाक चोक पनि खुला गरिएको जानकारी गराउनुभयो । सो क्रममा विभिन्न क्षेत्रका कलाकारलाई उहाँले सम्मान तथा पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यसपटक सातै प्रदेशका कलालाई उचित स्थान दिँदै राष्ट्रिय प्रदर्शनी गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल