२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री खड्काद्वारा ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन

१२ असार २०८२, बिहीबार १२:१४
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग सङ्गठन (एससिओ)को सदस्य राष्ट्रको पाँचौंँ ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको छ ।
 चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रको जनसङ्ख्या, स्रोत र सम्भावनालाई दृष्टिगत गरी लगानी प्रवद्र्धन एवं ऊर्जा व्यापारका लागि नवीन सोचसहित क्षेत्रीय ढाँचा निर्माण तथा सहकार्यलाई अझ प्रभावकारी र सुदृढ तुल्याउनुपर्ने खाँचो औँल्याउनुभयो ।
  ‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’ नाराका साथ सुरु भएको उक्त बैठकमा मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवद्र्धनका पक्षमा क्षेत्रीय एकता, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
       ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको लिएको नेपालले पन्ध्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी योजना तथा कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो ।
नेपालमा हाल करिब तीन हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको र निकट भविष्यमा यो दोब्बर बनाउने योजनाका साथ काम भइरहेको उहाँले बताउनुभयो ।
       छिमेकी देशहरूसँग विद्युत् व्यापार सुरु गरिसकेको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत् निर्यात गरेर त्रिपक्षीय ऊर्जा सहकार्यको नीति कार्यान्वयनमा आएको स्पष्ट गर्नुभयो ।
  एससीओको संवाद साझेदार राष्ट्रका रुपमा क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले आपसी सहयोग र सहकार्यका आधारमा वातावरण सन्तुलन, नवप्रवर्तन, दिगो विकासको अवधारणासहित ऊर्जा क्षेत्रको विकास एवं विस्तारका पक्षमा नेपाल रहेको स्पष्ट गर्नुभयो । सो बैठकमा भाग लिन मन्त्री खड्का यही असार १० गते मङ्गलबार चीनतर्फ प्रस्थान गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ