१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार र कुशासनको सडक र सदनबाट प्रतिवाद गर्छौं : अध्यक्ष लिङ्देन

३० असार २०८२, सोमबार १४:०३

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट प्रतिवाद गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकका प्रारम्भमा उहाँले मुलुकमा भ्रष्टाचार र कुशासनका विषय छरपस्ट भइरहँदा प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले के काम गरिरहेको छ ? भनी प्रश्न गर्नुभयो ।

“मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विषय बाहिर आइरहेको छ, नैतिकता छ र सुशासनप्रतिको प्रतिबद्धता छ भने त मन्त्रीले राजीनामा दिनुपर्ने होइन र ?”, अध्यक्ष लिङ्देनले प्रश्न गर्नुभयो, “हामी सदन र सडकबाट यसको सशक्त प्रतिवाद गर्छौ ।”

अध्यक्ष लिङ्देनले ‘भिजिट भिसा’ प्रकरणको निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रतिपक्षी दुई दलले संसदमा विरोध गरिरहँदा जबरजस्ती बैठक चलाउने अभ्यास ठिक नभएको बताउनुभयो । “जनताको आवाजलाई सम्बोधन गर्न सभामुखले पनि पहलकदमी लिनुपर्छ”, उहाँले भन्नुभयो, “प्रतिपक्षी दलले उठाएका विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोकुमार चौधरीले गृहमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमाथि उठेका प्रश्नको निश्पक्ष छानबिन गरी जवाफ दिनुपर्ने बताउनुभयो । आ–आफ्ना पार्टीका तर्फबाट धारणा राखेर रास्वपा र राप्रपाका सांसदहरु बैठकबाट बाहिरिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार