२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनले भने– हनुमानढोकाको प्रहरी भवन भत्काउँछौँ

२२ श्रावण २०८२, बुधबार १४:४६

काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले हनुमानढोकास्थित प्रहरीको भवन भत्काउनुपर्ने भन्दै सहयोग गर्न प्रहरीलाई आग्रह गरेका छन् । बालेनले मंगलबार आफ्नै कार्यकक्षमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नलराज अधिकारीसँग छलफल गरेर भवन भत्काउने कार्यमा महानगरलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

छलफलमा बालेनले प्रहरीको भवन भत्काएर पोखरी निर्माण गर्ने बताएका थिए । जवाफमा थापाले यसको सट्टामा उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगैको ७ रोपनी जग्गा दिनुपर्ने सर्त अघि सारेका छन् । यो बैठकमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (इन्जिनियर) रामकुमार चौधरी र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो ।

सो क्रममा बालेनले हनुमान ढोकाको प्रहरी भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएको र सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । ‘हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परालाई कायम गर्न यो पोखरी निर्माण आवश्यक छ,’ उनले भनेका थिए ।

यो योजनालाई तत्काल अगाडि बढाउन प्रहरीका महानिरीक्षक थापा तयार भएपनि ट्राफिक कार्यालयसँगैको ७ रोपनी जग्गा दिइनुपर्ने सर्त राखेका हुन् । महानगरले हनुमानढोका क्षेत्रमा २ रोपनी क्षेत्रफलमा रहेको नेपाल प्रहरीको पुरानो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्न खोजेको छ ।

त्यसको बदलामा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उक्त ७ रोपनी जग्गा लिएर प्रहरीले ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्न चाहेको छ । प्रहरीको चाहनाअनुसार यसका लागि आवश्यक लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको बताइएको छ । त्यसपछि थप सहमति गरेर अघि बढिने बताइएको छ ।

यस्तै मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो । प्रहरी महानिरीक्षक दीपक थापाले सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक रहेको बताउँदै महानगरसँगको सहकार्यले प्रहरीका योजनाहरूलाई प्रभावकारी बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला