२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै

२०८२, ११ फाल्गुन सोमबार १२:०५

काठमाडौँ | पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ । उनले उपचारका लागि ल्याइएका २३ जनामध्ये एकजना घाइतेको मृत्यु भएको जानकारी दिए । उनको पहिचान खुलेको छैन । नेशनल अस्पताल कलंकीमा नौजना पुरुष, एकजना महिला उपचाररत छन् । ट्रमा सेन्टरमा सात पुरुष र पाँच महिलाको उचार भइरहेको छ ।

नेशनल सिटी अस्पतालमा उपचार हुनेमा सितापाईला बस्ने वर्ष ३३ को राजेश कुँवर, तनहुँ भक्ते बस्ने वर्ष १८ को सुविन मल्ल, कास्की लेखनाथका ३५ वर्षीया प्रतिभा पौडेल, कास्कीको देविनगरका २३ वर्षीय चन्द्रआशिष फुँयाल, काठमाडौँ लोलाङ बस्ने वर्ष १९ का संगम मल्ल छन् । कास्की चिसुवाका वर्ष ३९ की प्रमिला भट्टराई, स्याङ्जा फेदिखोला ४ घर भएका वर्ष ६४ का डम्मरबहादुर विक, काठमाडौँ कलंकीका वर्ष २५ का कृष्ण तिवारी, कास्की घर भएका वर्ष २० को सुनम गुरुङ र धादिङ धुनिबेशी घर भएका वर्ष ३६ को राजेन्द्र बिसुन्केको उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा उपचार भइरहेकाहरूमा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौँ बौद्धका वर्ष ४८ की एन्जी शेर्पा, तनहुँका वर्ष ४५ को सोमप्रसाद मल्ल, झापाका वर्ष ३० को विपीन मानन्धर छन् । काठमाडौँ गोकर्णका २८ वर्षीया पुजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षका सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछानेको उपचार भइरहेको छ । ट्रमा सेन्टरमै काठमाडौँको बौद्ध बस्ने नोर्बु पाल्देन, कपनका स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौँ बौद्धका ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह