२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खैरो हेरोइनसहित दुई युवक पक्राउ

२०८२, २८ फाल्गुन बिहीबार १४:०७

काठमाडौँ | लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौँको कोटेश्वरबाट ठूलो परिमाणको अवैध लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। ब्यूरोले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार कोटेश्वर क्षेत्रबाट मोरङका दुई युवकलाई ११० ग्राम ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जानकारी दिएको हो।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीका अनुसार पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–५ का २२ वर्षीय सरोज लावती र सोही ठाउँका २२ वर्षीय सुगम कार्की रहेका छन्। विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका-३२, कोटेश्वरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित