२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

२०८२, २८ फाल्गुन बिहीबार १७:४७

काठमाडौँ | काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ४९ वर्षीया कमला देवी सुनुवार, सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–४ बस्ने २९ वर्षीया सविना खड्का, तथा काठमाडौँ दक्षिणकाली नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ टोखा नगरपालिका–११ बस्ने ४१ वर्षीय अम्बर गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार कमला देवी सुनुवारले आकर्षक तलबमा क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । त्यसैगरी सविना खड्काले अमेरिका पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ लिएको उजुरी परेको छ । यस्तै अम्बर गुरुङले पनि क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । बेरोजगार युवाहरुलाई विदेश पठाइदिने प्रलोभन देखाएर लामो समयसम्म सम्पर्कविहीन बनेपछि पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित