२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ

२०८२, २ चैत्र सोमबार १७:५२

काठमाडौँ | काठमाडौँको नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा हुन्डी र क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई १ करोड १६ लाख रुपैयाँ नगद र ठुलो परिमाणमा अन्य सामग्रीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नागार्जुन–८ भिमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूले भिमढुङ्गालाई केन्द्र बनाएर अवैध रूपमा हुन्डी र डिजिटल मुद्राको कारोबार गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको साथबाट नगदका अतिरिक्त विभिन्न बैंकका चेकबुक, ३ थानका २७ लाख ३० हजार रुपैयाँ बराबरको काटिएको चेक, ४ थान एटीएम कार्ड र एक थान नागरिकता बरामद गरेको छ।

यस्तै, उनीहरूले प्रयोग गर्ने दुई वटा चारपाङ्ग्रे र एउटा दुईपाङ्ग्रे सवारी साधन, तीन थान ब्लुबुक, ६ थान मोबाइल फोन र विभिन्न कम्पनीका ३१ थान सिमकार्ड समेत नियन्त्रणमा लिइएको छ। डिजिटल कारोबारको प्रमाणका रूपमा प्रहरीले एक सेट कम्प्युटर र उनीहरूको ‘बाइनन्स’ खातामा रहेको ७ हजार १७५.३४ यूएसडीटी समेत फेला पारेको छ।

पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीहरूमाथि हुन्डी तथा अभौतिक मुद्राको अवैध कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित