2026-10-20 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्ग साउनको दोस्रो हप्ताबाट सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । सोमबार नागढुङ्गा सुरुङमार्गको अनुगमन गर्दै समिति सभापति आशिष गजुरेलले उक्त निर्देशन दिएका हुन् । गजुरेलले कुनैपनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाई गर्न नहुने बताए ।

उनले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टी जनाउँदै परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताएपनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको भन्दै आलोचना गरे । उनले आफैं सीमा तोक्ने र आफैं ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताए । आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति पनि उनले असन्तुष्टी जनाए ।

उनले भने, ‘साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउने भन्नुभएको छ । खास तपाईहरुको योजना २०८२ माघबाट सञ्चालन गर्ने भन्ने थियो । साउनको दोस्रो हप्तामा सञ्चालन गर्दाखेरि हामी ६ महिना ढिलो भइसक्यौँ । आफै टार्गेट राख्ने अनि आफैं ६ महिना ढिलो गर्ने ? फेरि साउनको दोस्रो महिनामा पनि यस्तै ताल हो भने त्यो समयमा पनि सञ्चालन नहोला, त्यो याद गर्नुहोला । केही समस्या भएमा भन्नुहोला, तपाईहरुले साउनको दोस्रो हप्ता सञ्चालन गर्ने भनेपछि हामी त्यही मिति मानेर गयौँ, त्यतिखेर चाहीँ जुनै हालतमा पनि चल्नुपर्छ । यत्रो लगानी गरेर पूर्वाधार बनिसकेको छ ।’

गजुरेलले विगतका कमजोरीलाई पाठका रूपमा लिँदै आगामी दिनमा योजना व्यवस्थापन र कार्यान्वयनमा सुधार गर्न आयोजनालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ