2026-09-30 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्ग साउनको दोस्रो हप्ताबाट सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । सोमबार नागढुङ्गा सुरुङमार्गको अनुगमन गर्दै समिति सभापति आशिष गजुरेलले उक्त निर्देशन दिएका हुन् । गजुरेलले कुनैपनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाई गर्न नहुने बताए ।

उनले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टी जनाउँदै परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताएपनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको भन्दै आलोचना गरे । उनले आफैं सीमा तोक्ने र आफैं ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताए । आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति पनि उनले असन्तुष्टी जनाए ।

उनले भने, ‘साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउने भन्नुभएको छ । खास तपाईहरुको योजना २०८२ माघबाट सञ्चालन गर्ने भन्ने थियो । साउनको दोस्रो हप्तामा सञ्चालन गर्दाखेरि हामी ६ महिना ढिलो भइसक्यौँ । आफै टार्गेट राख्ने अनि आफैं ६ महिना ढिलो गर्ने ? फेरि साउनको दोस्रो महिनामा पनि यस्तै ताल हो भने त्यो समयमा पनि सञ्चालन नहोला, त्यो याद गर्नुहोला । केही समस्या भएमा भन्नुहोला, तपाईहरुले साउनको दोस्रो हप्ता सञ्चालन गर्ने भनेपछि हामी त्यही मिति मानेर गयौँ, त्यतिखेर चाहीँ जुनै हालतमा पनि चल्नुपर्छ । यत्रो लगानी गरेर पूर्वाधार बनिसकेको छ ।’

गजुरेलले विगतका कमजोरीलाई पाठका रूपमा लिँदै आगामी दिनमा योजना व्यवस्थापन र कार्यान्वयनमा सुधार गर्न आयोजनालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही